संघीय लोकतान्त्रिक सामाजिक मञ्च कतारको तदर्थ समिति गठन

,   लिम्बुवान न्युज
                       


कतार, ३ मे २०२२ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका संघीय सदस्य कुमारसिं योङहाङको संयोजकत्वमा १७ सदस्यीस संघीय लोकतान्त्रिक सामाजिक मञ्च (सलोसाम) कतारको तदर्थ समिति गठन भएको छ ।

उक्त तदर्थ समितिले पहिचानमा आधारित लिम्बुवान सहित किरात खम्बुवान, तामाङसालिङ, शेर्पा, नेवा, मगरात, तमुवान, मधेस, थारुहट, खसान र दलित मुक्ति मञ्च लगायत (१०+१) प्रान्तलाई समेटी ६ महिना भित्रमा प्रथम अधिवेशन गर्ने विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।

सलोसा मञ्चले संलोरामको नेपालको राजनैतिक कार्यनितीलाई अंगिकार गर्दै ऐतिहासीक पृष्टभुमी र पहिचानको आधारमा संघीय प्रान्तहरु स्थापनाको लागि बुलन्द आवाज उठाउनका साथै संगठनका गतिविधीहरुमा एक्युवद्धता जनाउने छ भने यस मञ्चले कतारमा रहेको अन्य वैचारिक संगठन, सामाजिक संघसंस्थाहरु, नेपाली नागरिक समुदाय, वैदेशिक रोजगारमा रहेका सवै नेपाली दाजुभाइ दिदीबहिनीहरुसंग एकापसमा समन्वयात्मक भुमिका र सहकार्य गर्नका साथै सामाजिक क्रियाकलाप, मानविय सहयोग, खेलकुद, सांस्कृतिक, धार्मिक एवं अन्य विविध क्षेत्रहरुमा रहेका नेपाली समुदायसंग हातेमालो गर्दै आफनो सांगठनिक सामथ्र्यलाई निरन्तर अगाडी बढाउने भनि संयोजक योङहाङ द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा खुलाईएको छ ।

विज्ञप्ति अनुसार समितिको संयोजमा योङहाङसँगै उपाध्यक्षहरुमा पर्शुराम चौधरी, युवराज वेघा, यतुकुमार सम्बाहाम्फे, रेखा राई खामसामा, घनेन्द्र चेम्जोङ रहेका छन् भने महासचिवमा भविन्द्र तुम्बापो (ताङसाहाङ) चयन भएका छन् । यसैगरी उपमहासचिवमा होम फियाक, सचिवमा टिका मिभक, अर्थसचिवमा दिपेन चेम्जोङ, सह–अर्थसचिवहरुमा उद्व दर्नाल र तनुजा तामाङ् चयन भएका छन् ।

यसरी नै समितिका सदस्यहरुमा मञ्जु साँवा, सञ्जकुमार चाम्लिङ, सुमी गुरुङ, चन्द्रकला तामाङ, अञ्जु राई, तेज थेवे र डम्बर लिवाङ रहेका छन् । समितिको सल्लाहकारहरुमा प्रेम आङबुहाङ र सीताराम थेवे चयन भएका छन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

;