लुम्बिनीमा ४ दिनसम्म बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाईदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । २५६६ औं बुद्ध जयन्ती रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गरी चार दिनसम्म मनाइने भएको छ ।
कोरोना महामारीका कारण लगातार २ वर्षसम्म औपचारिक समारोहबीच बुद्ध जयन्ती मनाउन सकिएको थिएन ।

बुद्धको जन्मस्थल लुम्बिनीमा जेठ १ गते देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने तयारी भएको लुम्बिनी विकास कोषले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

बुद्ध जयन्ती मनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन भई त्यस अन्तर्गत विभिन्न उपसमितिहरु क्रियाशील रहेको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

बुद्ध जयन्तीकै अवसर पारेर लुम्बिनीमा निर्माण सम्पन्न भएको ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको शाक्यले बताए ।

रामग्राम नवलपरासीमा जेठ १ गते साँझ ४ बजेबाट बौद्ध प्रवचन तथा दिप प्रज्ज्वलन, २ गते रामग्राम नगरपालिकाद्वारा रामग्राम दिवस, भोजनदान, जेष्ठ २ गते विहान ६ बजे मायादेवी मन्दिर परिसरमा बुद्ध पूजा तथा परित्राण पाठ र मायादेवी परिसरदेखि शान्ति दिपसम्म शोभा यात्रा हुने आयोजकले जनाएको छ ।

त्यस्तै जेठ २ गते विहान ९ बजे प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलको उदघाटन गरिने लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं प्रचार प्रसार संयोजक सिद्धचिरण भट्टराईले बताए ।

यस्तै जेठ २ गते नै विहान १० बजेदेखि इष्ट मोनाष्टिक जोनको कम्बोडिया मोनाष्ट्रि र इष्ट पोण्डमा भोजन दान, दिउँसो २ बजे अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलमा २५६६ औं बुद्ध जयन्ति समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तथा विशिष्ट अतिथिहरुको उपस्थितिमा विशेष समारोह गरी मनाइने भट्टराईले बताए ।

यस्तै दिउसो ५ बजेदेखि सोही हलमा सुरसुधाको सांगीतिक कार्यक्रमको प्रस्तुति, साँझ लुम्बिनीको मायादेवी परिसरमा दिप प्रज्ज्वलन गरिने कार्यक्रम छ । यसैगरी जेष्ठ ३ गते लुम्बिनीदेखि कपिलवस्तुसम्म सिद्धार्थ गौतमको शोभायात्रा, प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने सम्बन्धी देश विदेशका विज्ञहरुको सहभागितामा २ दिने तिलौराकोट सम्मेलन रहेको छ । (अनलाइनखबरबाट)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...