एप्पलले गुमायो संसारकै मूल्यवान कम्पनीको ताज

 लिम्बुवान न्युज
                       

आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले संसारकै सबैभन्दा मूल्यवान कम्पनीको ताज गुमाएको छ । प्रविधि कम्पनीको शेयरको वृहत बिक्रिसँगै एप्पलको पहिलो स्थान खस्किएको हो ।

यो सँगै साउदी तेलत तथा ग्यास उत्पादक कम्पनी आराम्को संसारकै सबैभन्दा मूल्यवान कम्पनीको पहिलो स्थानमा फर्किएको छ । झण्डै दुई वर्षपछि आराम्कोले एप्पललाई पछि पार्दै पुनः संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो ।

पछिल्लो समय लगानीकर्ताहरुले प्रविधि कम्पनीको आफ्नो शेयर भटाभट बेच्दै कम जोखिमयुक्त क्षेत्रमा लगानी गर्न थालेकोले एप्पलको बजार मूल्य खस्किएको हो ।

लगानीकर्ताहरुले जोखिम मोल्न नचाहेका कारण पछिल्लो समयमा बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्य तिव्र गतिमा ओह्रालो लागेको छ ।

बुधबार न्युयोर्कमा एप्पलको शेयर मूल्यमा ५ प्रतिशतले गिरावट भई कम्पनीको बजार मूल्य २.३७ ट्रिलियन डलरमा झर्यो । यो सँगै एप्पल संसारकै सबैभन्दा मूल्यवान कम्पनीको पहिलो स्थानबाट दोश्रो स्थानमा झर्नपुग्यो । बुधबार साउदी तेल तथा ग्यास कम्पनी आराम्कोको बजार मूल्य २.४२ ट्रिलियन डलर रहेको थियो।

सन् २०२० पछि आराम्को पहिलोपटक संसारको सबैभन्दा मूल्यवान कम्पनी बनेको हो । यो वर्ष कच्चा तेल तथा प्राकृतिक ग्यासको बजार मूल्यमा वृद्धि भएसँगै आराम्कोको शेयर मूल्यमा बढोत्तरी भैरहेको छ । जबकि सन् २०२२ सुरु भएयता एप्पलको शेयर मूल्यमा भने झण्डै २० प्रतिशतले गिरावट भएको छ । यद्यपि गत जनवरीमा एप्पलको बजार मूल्य ३ ट्रिलियन डलर पुगेसँगै एप्पल ३ ट्रिलियन डलर मूल्यको विश्व इतिहासकै पहिलो कम्पनी बनेको थियो । कोरोना भाइरस महामारीका बेला ग्याजेटहरुको बिक्रिमा उल्लेख्य वृद्धि भएसँगै एप्पलको आम्दानी, मुनाफा तथा कम्पनीको शेयर मूल्य पनि बढेको थियो । (अनलाइन खबरबाट)

बीबीसी

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...