
दमक, ३ जेठ । डा. रामनारायण कन्दङ्वा र २०४७ साल देखि निरन्तर पत्रकारिता गरिरहनु भएका बरिष्ठ पत्रकार केपी कन्दङ्वा शनिबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवानमा प्रवेश गरेका छन् । राजनीति शास्त्रमा विद्यावारधी गर्नुभएका डा. कन्दङ्वा पूर्व ब्रिटिस आर्मी समेत हुन् ।
उनीहरुलाई मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले मञ्चका लिम्बुवान प्रान्तीय कार्यालय दमकमा खाँदा र साधारण सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन् ।

डा. रामनारायणा कन्दङवा
डा. कन्दङवाले जिवनको पूर्वाधमा जागिरे जिवन विताएपछि पुनः अध्ययन थालेका थिए । राजनीति शास्त्रमा विद्यावारधी गरेका उनी नेपालको राजनीतिमा संघीय मोडल बारे बढि चासो राख्नु हुने भएको हुँदा नेपालको एकमात्र संघीय पार्टीको रुपमा स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यो मञ्चले प्रतिस्थापन गरेको लिम्बुवान सहितको १०+१ प्रान्तको विचारलाई मनन गर्दै मञ्चमा प्रवेश गरेको बताए ।

ब. पत्रकार केपी कन्दङवा
यसैगरी चार दशकदेखि पत्रकारिता पेशा र लेखनमा लागेका कन्दङवाले पनि अबको राजनीति परिवर्तन आवश्यक ठान्दै मञ्चको राजनैतिक मोडलले मात्र देश परिवर्तन हुने निश्कर्ष निकाल्दै पार्टी प्रवेश गरेको बताए ।
पार्टी प्रवेश कार्यक्रममा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, संघीय उपाध्यक्ष शर्मिला याक्सो, महासचिव अशोक चेम्जोङ्, लिम्बुवान प्रान्तका उपाध्यक्ष, महासचिव लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश कार्यक्रमलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले नवप्रवेशी द्वय विद्वानहरुलाई पार्टीले थप जिम्मेवारी दिने बताएका छन् । पार्टीलाई सांगठानिक र बौद्धिक रुपमा मज्बुत बनाउन अब बुद्धिजिवीहरुलाई पार्टीमा प्रवेश गराउन शुरु गरिएको र आउन इच्छुक बुद्धिजिवीहरुलाई समेत आव्हान गरेका छन् । डा. कन्दङवालाइ प्रान्तीय उपाध्यक्ष र ब. पत्रकार कपीलाइ प्रान्तीय सचिवालयकाे जिम्मेवारि दिने मञ्चले जनाएकाे छ ।
कार्यक्रमलाई महासचिव अशोक चेम्जोङ्ले सहजीकरण गर्नुभएको थियो ।
