रेशम चौधरीको पार्टीले दर्ता भएको चार महिनामै जित्यो ४ स्थानीय तह

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ७ जेठ । कैलाली टीकापुर हत्याकाण्ड आरोपी रेशम चौधरीको “नागरिक उन्मुक्ति पार्टी” ले गठन भएको चार महिनामै चार वटा स्थानीय तह जितेको छ । चार महिना अघि २०७८ पुष १९ गते निर्वाचन आयोगमा दर्ता भएको पार्टीले आधार क्षेत्र सुदूरपश्चिमको कैलालीका चार पालिकामा जित हात परेको हो ।

कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार निर्वाचित भएका हुन् । उनको पार्टीले सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेसँग एक्लै प्रतिस्पर्धा गरेको थियो ।

कैलालीको टीकापुर नगरपालिकामा रामलाल डगौरा थारु मेयर निर्वाचित भए । उनले ९ हजार ५४२ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज रावल ६ हजार ६४२ मत प्राप्त गर्दै पराजित भए । उपमेयर भने उन्मुक्तिले गुमाएको छ ।
यसैगरी भजनी नगरपालिकाको मेयर र उपमेयर दुवै रेशमकै पार्टीले जितेको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट मेयरका उम्मेदवार केवल चौधरी ८ हजार ९६६ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शेरबहादुर चौधरी ५ हजार १९८ मत प्राप्त गर्दै पराजित भए ।

यसरी नै उपमेयरमा नागरिक उन्मुक्तिकै राजु तिरुवा निर्वाचित भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोकेन्द्र भण्डारी ४ हजार ४९० मत प्राप्त गर्दै पराजित भए ।

त्यसैगरी, जोशीपुर गाउँपालिकामा पनि रेशमकै पार्टीले अध्यक्ष र उपाध्यक्ष जितेको छ । अध्यक्षका उम्मेदवार चित्रबहादुर चौधरी ४ हजार ९०३ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार बन्सराम वडायक ३ हजार ३६८ मतसहित पराजित भए ।

जोशीपुरको उपाध्यक्ष पनि नागरिक उन्मुक्ति पार्टीले नै जितेको छ । उपाध्यक्षका उम्मेदवार रेखादेवी कठरीया ४ हजार ५८१ मतसहित निर्वाचत हुँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार दीर्घराज बिनाडी ३ हजार ९६१ मत प्राप्त गर्दै पराजित भए ।
त्यसैगरी, कैलालीकै जानकी गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीे अध्यक्ष र उपाध्यक्ष दवै जितेको छ । अध्यक्षका उम्मेदवार गणेश चौधरीसँग प्रमुख प्रतिस्पर्धी सत्तारुढ दल नेपाली कांग्रेसका परशुराम महतोलाइ पराजित भएका हुन् ।

त्यसैगरी जानकीमा उपाध्यक्षमा नागरिककै उम्मेदवार लालमतीदेवी कठरिया निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका गीता चौधरी पराजित भएकी हुन् ।

त्यसैगरी उन्मुक्तिले विभिन्न वार्डहरुमा पनि प्यानल नै जित हासिल गरेको छ । मतगणना जारी रहेको हुँदा के कति वडाहरुमा जित निकाल्ने हो केही दिनमा मात्र टुङ्गो लाग्ने उन्मुक्ति पार्टी स्रोतले बताएको छ ।

 

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...