धरानमा मतगणनामा त्रुटि भएको भन्दै लिम्बुवानको विरोध

 लिम्बुवान न्युज
                       

धरान, ७ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवानका उम्मेद्वारले पाएको मतभन्दा कम घोषणा भएको भन्दै विरोध जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले वडा नं ११ को मत घोषणा गर्दा मञ्चले पाएको भन्दा कम घोषणा गरेको भन्दै मतगणना स्थगित गर्न र रि काउन्टिङ गर्न माग गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले भने गणना स्थगित गर्न अस्वीकार गरेको छ । साथै, सामान्य त्रुटी भएको देखिएकोले सच्याइएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए ।

मञ्चबाट मेयरमा अमर इजम उम्मेद्वार रहेका छन् । उनको चुनाव चिह्न दापसहितको खुकुरी हो । उनी आफै विरोध जनाउदै निर्वाचन अधिकृतसमक्ष कुरा राखेका थिए । उनले धाँधली भएको आरोप पनि लगाएका छन् । तर, निर्वाचन अधिकृत नेपालले भने त्यस्तो नभएको र सामान्य त्रुटी भएकोले सच्याएको प्रष्ट्याएका थिए ।

मञ्चका धरान अध्यक्ष सन्जुहाङ साँबाले एक सय १९ मत गणना नगरेको र निर्वाचन आयोगका कर्मचारीहरुले साना दललाई वेवास्ता गरेको आरोप लगाएका छन् । कर्मचारीको लापरवाहीले साना दलहरुले ल्याएको मत समेत तलमाथि भएको उनले बताए ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...