रेशम चौधरीको पार्टीबाट चार पालिका प्रमुखसहित ९९ जना निर्वाचित

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ८ जेठ । रेशम चौधरीको नेतृत्वमा बनेको नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्लामा ४ पालिका प्रमुख सहित ९९ जना निर्वाचित भएका छन् । उन्मुक्तिले चार पालिका प्रमुख र तीनवटा उपप्रमुख समेत रहेका छन् । यि मध्ये उन्मुक्तिले सबैभन्दा धेरै जानकी गाउँपालिकामा निर्वाचित भएका छन् ।

जानकीको अध्यक्षमा गणेश चौधरी, उपाध्यक्षमा लालमती देवी कठरिया निर्वाचित भएका छन् । सो पालिकाबाट ५ वडाध्यक्ष, १३ खुल्ला सदस्य, ६ जना महिला सदस्य र ६ जना दलित सदस्य गरी ३२ जना निर्वाचित भएका छन् ।

त्यसैगरी जोशीपुर अध्यक्षमा चित्रबहादुर चौधरी, उपाध्यक्षमा रेखादेवी कठरिया निर्वाचित भएका छन् भने ४ वडाध्यक्ष, ९ जना खुल्ला सदस्य, ४ जना महिला सदस्य र ४ जना दलित सदस्य गरी २३ जना निर्वाचित भएका छन् ।

त्यस्तै भजनी प्रमुखमा केवल चौधरी र उपप्रमुखमा राजु तिरुवा निर्वाचित हुँदा ३ वडाध्यक्ष, १० जना खुल्ला सदस्य, ५ महिला सदस्य र ३ जना दलित सदस्य गरी २३ जना निर्वाचित भएका छन् ।

त्यस्तै टीकापुर नगरप्रखुमा रामलाल डंगौरा निर्वाचित हुँदा दुईजना वडाध्यक्ष, ९ जना खुल्ला सदस्य, ४ महिला सदस्य र ५ दलित सदस्य गरी २१ जना निर्वाचित भएका छन् ।

२०७८ पुष १९ गते आजभन्दा ४ महिना अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी थारु समुदायबाट तेस्रो ठूलो शक्ति समेत बनेको छ । कांग्रेस र एमालेपछि माओवादी तेस्रो शक्ति बनेको थियो । अब माओवादी चौथो शक्ति बनेको छ ।

रेशम चौधरी जेल जिवन विताईरहेका छन् भने उनको पार्टीलाई श्रीमती रञ्जिता श्रेष्ठ चौधरीले हाँकि रहेकी छिन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...