कमलमा गोलाप्रथाबाट भाग्य गुमाएका हुकुमले मारे बाजी

,   लिम्बुवान न्युज
                       

दमक, ९ जेठ । झापाको कमल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राई निर्वाचित भएका छन् । गएको स्थानीय निर्वाचनमा गोलाप्रथाबाट भाग्य गुमाएका राईले बाजी मारेका हुन् ।
उनी निर्वतमान पालिका अध्यक्ष मेनुका काफ्लेसंग बराबरी (८२७५) मत आएपछि गोलाप्रथाबाट पराजित भएका थिए । राई नेकपा एमालेका आफना प्रतिद्धन्दी उम्मेदवार भिम राईलाई ३ हजार २ सय १५ मतको फराकिलो अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भएको हुन् । निर्वाचित अध्यक्षले १२ हजार ८ सय ६८ मत ल्याई विजयी भए भने उनका प्रतिद्धन्दी एमालेका उम्मेदवार राईले ९ हजार ६ सय ५३ मत प्राप्त गरे । उनी कांग्रेस १ नम्बर प्रदेश समितिका सदस्य समेत हुन् ।

लोकप्रिय युवा नेता राईलाई यसपटक भने गठबन्धनका कारण वाजी मार्न झनै सजिलो हुनपुगेको थियो । पालिकाको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी गरि छ दलीय गठबन्धन रहेको थियो ।
कमलस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा भने एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारी विजयी भईन् । उनले १० हजार ८ सय ४५ मत प्राप्त गरिन् भने उनका प्रतिद्धन्दी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका पर्शुराम सुवेदीले ८ हजार ३ सय ७१ मत पाएका थिए ।
७ वटा वडा रहेको कमलमा ३ वटा भने गठबन्धन र उपाध्यक्षसहित अन्य चार वटा वडा एमालेले जितेको छ । जसअनुसार कमल १ मा कांग्रेसका केदार कटुवाल, २ मा नेकपा एकीकृत समाजवादीका अशनेक लिम्बू, ३ मा एमालेका अग्नी कोइराला, ४ मा एमालेकै चन्द्रप्रसाद भटटराई, ५ मा माओवादी केन्द्रका लालबहादुर विष्ट, ६ मा एमालेका नगेन्द्र भटटराई र वडा न. ७ मा एमालेकै पृथीपति राई वडाध्यक्षमा निर्वाचित भएका थिए । ३७ हजार ९ सय ५० मतदाता मध्ये निर्वाचनमा भने २६ हजार २ सय ४२ मत खसेको थियो ।

लिम्बुवानले वडा नं. ४ काे वडाध्यक्ष गुमायाे

गठबन्धनबाट चुनावमा सहभागी भएको संघीय लिम्बुवान मञ्चले पाएकाे वडा नं. ४ काे वडाध्यक्ष गुमाएकाे छ । मञ्चका प्रान्तीय नेता सुर्य याेक्पाङदेन एमालेका प्रत्यासीसँग ४० मत अन्तरले वडाध्यक्ष जित्न सकेनन् ।

लिम्बुवानले वडा नं. १ र २ बाट वडासदस्य निर्वाचित भएका छन् भने वडा नंं. ३ काे वडासदस्य भने गुमाएको छ ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;