कमलमा गोलाप्रथाबाट भाग्य गुमाएका हुकुमले मारे बाजी

 लिम्बुवान न्युज
                       

दमक, ९ जेठ । झापाको कमल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राई निर्वाचित भएका छन् । गएको स्थानीय निर्वाचनमा गोलाप्रथाबाट भाग्य गुमाएका राईले बाजी मारेका हुन् ।
उनी निर्वतमान पालिका अध्यक्ष मेनुका काफ्लेसंग बराबरी (८२७५) मत आएपछि गोलाप्रथाबाट पराजित भएका थिए । राई नेकपा एमालेका आफना प्रतिद्धन्दी उम्मेदवार भिम राईलाई ३ हजार २ सय १५ मतको फराकिलो अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भएको हुन् । निर्वाचित अध्यक्षले १२ हजार ८ सय ६८ मत ल्याई विजयी भए भने उनका प्रतिद्धन्दी एमालेका उम्मेदवार राईले ९ हजार ६ सय ५३ मत प्राप्त गरे । उनी कांग्रेस १ नम्बर प्रदेश समितिका सदस्य समेत हुन् ।

लोकप्रिय युवा नेता राईलाई यसपटक भने गठबन्धनका कारण वाजी मार्न झनै सजिलो हुनपुगेको थियो । पालिकाको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी गरि छ दलीय गठबन्धन रहेको थियो ।
कमलस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा भने एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारी विजयी भईन् । उनले १० हजार ८ सय ४५ मत प्राप्त गरिन् भने उनका प्रतिद्धन्दी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका पर्शुराम सुवेदीले ८ हजार ३ सय ७१ मत पाएका थिए ।
७ वटा वडा रहेको कमलमा ३ वटा भने गठबन्धन र उपाध्यक्षसहित अन्य चार वटा वडा एमालेले जितेको छ । जसअनुसार कमल १ मा कांग्रेसका केदार कटुवाल, २ मा नेकपा एकीकृत समाजवादीका अशनेक लिम्बू, ३ मा एमालेका अग्नी कोइराला, ४ मा एमालेकै चन्द्रप्रसाद भटटराई, ५ मा माओवादी केन्द्रका लालबहादुर विष्ट, ६ मा एमालेका नगेन्द्र भटटराई र वडा न. ७ मा एमालेकै पृथीपति राई वडाध्यक्षमा निर्वाचित भएका थिए । ३७ हजार ९ सय ५० मतदाता मध्ये निर्वाचनमा भने २६ हजार २ सय ४२ मत खसेको थियो ।

लिम्बुवानले वडा नं. ४ काे वडाध्यक्ष गुमायाे

गठबन्धनबाट चुनावमा सहभागी भएको संघीय लिम्बुवान मञ्चले पाएकाे वडा नं. ४ काे वडाध्यक्ष गुमाएकाे छ । मञ्चका प्रान्तीय नेता सुर्य याेक्पाङदेन एमालेका प्रत्यासीसँग ४० मत अन्तरले वडाध्यक्ष जित्न सकेनन् ।

लिम्बुवानले वडा नं. १ र २ बाट वडासदस्य निर्वाचित भएका छन् भने वडा नंं. ३ काे वडासदस्य भने गुमाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...