लिम्बुवानबाट निर्वाचित चुलाचुली १ का जनप्रतिनिधिले किरात सिरिजङ्गाबाट लिए सफथ

 लिम्बुवान न्युज
                       

चुलाचुली, ९ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवानबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट चुलाचुली १ वडामा निर्वाचित जनप्रतिनिधिहरुले किरात सिरिजङ्गा लिपि पढेर सफल लिएका छन् । दोस्रो पटक निर्वाचित भएका वडाध्यक्ष पूर्ण लावती (ध्रुव) र उनीसँगै निर्वाचित चार वडा सदस्यहरुले लिपिबाटै सफल लिएका हुन् ।

आज पालिकामा अध्यक्ष राजेन्द्र केरुङ्ले उनीहरुलाई सफत गराएका हुन् । सफलग्रहण पश्चात वडाकार्यपालिकाको कार्यालयमा अध्यक्ष लावतीले पदभार ग्रहण गरेका छन् । वार्डका सबै दलका नेताहरु, विभिन्न दलहरुबाट वडाध्यक्षका प्रत्यासी लगायत मञ्चका नेताहरुको समेत पदभारकार्यक्रममा उपस्थिति रहेको थियो । सो क्रममा वडाका कर्मचारीहरुले समेत नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

ईलाम चुलाचुली १ का विभिन्न भाषा, धर्मावलम्वी, संस्कार संस्कृतिको संरक्षण, सम्वर्द्धन,देखि सबै संघसंस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली, सडक, खेतीका लागि सिंचाई लगायत भौतिक पूर्वधार विकासका काममा वडाबासी जनताको हितको लागि राम्रो काम गर्ने वडाध्यक्ष लावतीले प्रतिबद्धता गरेका छन् । उनले पुनः दोस्रो कार्यकालको लागि वडाध्यक्षमा निर्वाचित गराउनु हुने सम्पूर्ण वडावासीहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

२०७४ सालको निर्वाचनमा पनि मञ्चले सो वार्डमा प्यानल नै विजयी भएको थियो । पूर्वमा पहिचानको मुद्दालाई निरन्तर उठाईरहेको मञ्चले अन्य जिल्लाहरुमा समेत वडाध्यक्ष लगायत सदस्यहरु जितेको छ । लिम्बुवान सहितको १०+१ प्रान्त बन्नु पर्छ भनी निरन्तर आन्दोलित पार्टी २०७० सालको दोस्रो संविधानसभाको चुनाव बाहेक सबै चुनावहरुमा भाग लिइरहेको दल हो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...