लिम्बुवानबाट निर्वाचित चुलाचुली १ का जनप्रतिनिधिले किरात सिरिजङ्गाबाट लिए सफथ

,   लिम्बुवान न्युज
                       

चुलाचुली, ९ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवानबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट चुलाचुली १ वडामा निर्वाचित जनप्रतिनिधिहरुले किरात सिरिजङ्गा लिपि पढेर सफल लिएका छन् । दोस्रो पटक निर्वाचित भएका वडाध्यक्ष पूर्ण लावती (ध्रुव) र उनीसँगै निर्वाचित चार वडा सदस्यहरुले लिपिबाटै सफल लिएका हुन् ।

आज पालिकामा अध्यक्ष राजेन्द्र केरुङ्ले उनीहरुलाई सफत गराएका हुन् । सफलग्रहण पश्चात वडाकार्यपालिकाको कार्यालयमा अध्यक्ष लावतीले पदभार ग्रहण गरेका छन् । वार्डका सबै दलका नेताहरु, विभिन्न दलहरुबाट वडाध्यक्षका प्रत्यासी लगायत मञ्चका नेताहरुको समेत पदभारकार्यक्रममा उपस्थिति रहेको थियो । सो क्रममा वडाका कर्मचारीहरुले समेत नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

ईलाम चुलाचुली १ का विभिन्न भाषा, धर्मावलम्वी, संस्कार संस्कृतिको संरक्षण, सम्वर्द्धन,देखि सबै संघसंस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली, सडक, खेतीका लागि सिंचाई लगायत भौतिक पूर्वधार विकासका काममा वडाबासी जनताको हितको लागि राम्रो काम गर्ने वडाध्यक्ष लावतीले प्रतिबद्धता गरेका छन् । उनले पुनः दोस्रो कार्यकालको लागि वडाध्यक्षमा निर्वाचित गराउनु हुने सम्पूर्ण वडावासीहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

२०७४ सालको निर्वाचनमा पनि मञ्चले सो वार्डमा प्यानल नै विजयी भएको थियो । पूर्वमा पहिचानको मुद्दालाई निरन्तर उठाईरहेको मञ्चले अन्य जिल्लाहरुमा समेत वडाध्यक्ष लगायत सदस्यहरु जितेको छ । लिम्बुवान सहितको १०+१ प्रान्त बन्नु पर्छ भनी निरन्तर आन्दोलित पार्टी २०७० सालको दोस्रो संविधानसभाको चुनाव बाहेक सबै चुनावहरुमा भाग लिइरहेको दल हो ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;