सरकारबाट सांसदमा नीति तथा कार्यक्रम पेश

 लिम्बुवान न्युज
                       

सरकारले आर्थिक बर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम संसदमा पेस गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश गरिएको छ  ।

प्रस्तुत नीति तथा कार्यक्रममा यसै वर्ष पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने, आगामी वर्षदेखि उखु किसानले उखु क्रसिङ भएकै वर्ष पैसा पाउने, राष्ट्रिय योजना आयोगको सिफारिसमा परेका आयोजनाहरूले मात्र बजेट पाउने आदि उल्लेख छन् ।

सरकारले राष्ट्रिय गौरवका आयोजना र ठूला र महत्त्वपूर्ण आयोजना बाहेकका अन्य आयोजना प्रदेश सरकार र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठका लागि तलको लिंकमा जानुहोस् :

नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८०

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...