जेष्ठ २० र २१ गते संघीय मञ्च अन्तर्गत लिम्बुवानकाे बैठक बस्दै

 लिम्बुवान न्युज
                       

दमक, १३ जेठ । यहि जेष्ठ २० र २१ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्चको पूर्ण बैठक बस्ने भएको छ । झापाको दमकस्थित मारवाडी सेवा समितिको हलमा विहान ११ बजे देखि बैठक शुरु हुने पार्टी स्रोतले जानकारी दिएको छ ।

मञ्चको तेस्रो महाधिवेशन यता यो पहिलो पूर्ण बैठक बस्न लागेको हो । स्थानीय तहको निर्वाचनका कारण समयमा बैठक हुन नसकेको हुँदा लिम्बुवान प्रान्त सहित प्रदेश १ को १४ वटै जिल्लाका प्रतिनिधिहरु बैठकमा सहभागी हुने बताइएको छ । बैठकमा स्थानीय तहमा उम्मेदवार बनेका प्रतिनिधिहरुलाई समेत सम्मान कार्यक्रम राखिएको हुँदा बैठक थप १ दिन लम्बिन सक्ने स्रोतले बताएको छ ।

स्थानीय निर्वाचनसम्बन्धी समीक्षा समेत हुने बैठकमा  मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले उद्घाटन गर्ने जनाइएकाे छ । सो बैठकमा अन्य महत्वपूर्ण राजनैतिक कार्यदिशा र आगामी पार्टीको राजनैतिक एजेण्डा लगायत महत्वपूर्ण विषयमा छलफल बहस गरिने बताइएकाे छ भने उक्त बैठकमा करिब ५ सय जना नेताहरुको सहभागिता रहने बताइएको छ ।

बैठकमा जनवर्गीय संगठन अध्यक्ष, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, नगर र गाउँपालिका अध्यक्ष समेतलाई पर्यवेक्षकको रुपमा सहभागी गराइने बताएको छ । त्यसैगरी प्रवास समितिहरुबाट नेपाल आउनु भएका नेताहरुलाई पनि बैठकमा समावेश गरिने प्रान्तीय कार्यालय स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...