‘किरात सभ्यता: लिम्बू/याक्थुङ आदिवासीहरुको सर्वेक्षणात्मक अध्ययन’ विषयमा छलफल/अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

मोरङ – १८ जेठ । मोरङ पथरीमा ‘किरात सभ्यता: लिम्बू/याक्थुङ आदिवासीहरुको सर्वेक्षणात्मक अध्ययन’ विषयमा छलफल/अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार शनिश्च्वरे पथरीस्थित सिरिजंगा पार्कको भवनमा सम्पन्न भएको हो ।

किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति मोरङकाे आयोजनामा सम्पन्न कार्यक्रममा चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेलाले सहजीकरण गरेका थिए ।

चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोविन्द आङ्बुङ, सचिवद्वय यासेली योङ्हाङ, भवानी सम्बाहाम्फे, संघीय सदस्यद्वय सन्तोष सेरेङ, बिमला पालुङ्वा, राष्ट्रिय सदस्य तथा लिम्बु साँस्कृतिक परिषदका उपाध्यक्ष सागर केरुङ, लिम्बुवान प्रदेश समिती कोषाध्यक्ष बृन्दा नाल्बो, सदस्य दिलु लिङ्देन लावती, लिम्बू पत्रकार संघका केन्द्रीय अध्यक्ष देबेन्द्र खापुङ, संघीय कलाकार मञ्च लिम्बुवानका अध्यक्ष हरिराज खिम्दिङ लगायतको उपस्तिथिमा सम्पन्न भएको जिल्ला सचिव बरुण लाबुङ्ले बताए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...