रुक्सानाको आवाजमा सजिएको नयाँ गीत ‘आभास’ को भिडियो सार्वजनिक
बुधबार, १८ जेठ, २०७९ बिहानको ०९:५६ बजे,
लिम्बुवान न्युज
दमक, १८ जेठ । लोकप्रिय गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको शव्द तथा संगीतमा द भ्वाईस अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा सजिएको नयाँ गीत ‘आभास’को भिडियो सार्वजनिक भएको छ ।
निर्देशक जीवन वायुङ राईको निर्देशनमा चित्र मिडियाको छायाँकन तथा सम्पादन रहेको ‘आभास’ भिडियो गायक तथा संगीतकार एकान्त आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
गायीका रुक्साना लिम्बूकै फिचरिङ रहेको भिडियोमा पोष्ट प्रडक्सन बिबिध ब्रान्डिङको रहेको छ । (तस्वीर माङसेबुङ अनलाइन) भिडियो हेर्नुहोस‘
धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...
ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...
दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...
प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...