यादन सेर्मा बने फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्ष

 लिम्बुवान न्युज
                       

काठमाडौ, २२ जेठ । फक्ताङलुङ सयङ अन्तर्गत फक्ताङलुङ साँस्कृतिक मञ्चको केन्द्रीय अध्यक्षमा यादन सेर्मा ‘नुनाम’ निर्वाचित भएका छन् ।
शनिबार ललितपुर स्थित किरात याक्थुङ चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा सम्पन्न फक्ताङ्लुङ सयङ, फक्ताङलुङ साँस्कृतिक मञ्चको चौथो राष्ट्रिय महाधिवेशनबाट यादन सेर्माको अध्यक्षतामा १४ सदस्यीय समिति निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा मोहन मादेन र तारा थेबे, महासचिवमा कन्चन थालङ, सचिवमा जे.पी. नेम्बाङ, कोषअध्यक्षमा मञ्जु लावती, सह कोषाध्यक्षमा शम्भु फोम्बो चयन भएका छन् । यसैगरि सदस्यहरुमा सगुन आङ्देम्बे, गंगा फियाक, लक्ष्मन लिम्बु, दिपा सुहाङ, पुस्पांजलि तिलिङ्, राजेन्द्र केरुङ, तिर्सना नेम्बाङ् निर्वाचित भएका छन् ।
मुन्धुमविद तथा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुङ, पूर्व पूमुख जिल्ला अधिकारी तथा मदन पुस्कार विजेता भगिरथ इङनामको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ लिम्बू गायीका मनु नेम्बाङ, चर्चित गायक प्रथम नेपाली तारा दिपक लिम्बू, लोकप्रिय गायक तथा संगीतकार बिनोद खम्बू, निर्देशक हाङ चेम्जोङ लगायत दर्जनौ कलाकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
साँगितिक प्रस्तुति समेत प्रस्तुत गरिएको महाधिबेशनमा लिम्बू गीत संगीतमा लामो समयदेखि योगदान पु¥याउदै आएका गीतकार तथा संगीतकार प्रेम पन्धाक लिम्बूलाई नगद १० हजार सहित खदा र सम्मान पत्रले सम्मान गरिएको थियो ।
फक्ताङलुङ सयङका अध्यक्ष भवानी बिक्रम सम्बाहाङफेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मोहन मादेनले गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...