यादन सेर्मा बने फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्ष

 लिम्बुवान न्युज
                       

काठमाडौ, २२ जेठ । फक्ताङलुङ सयङ अन्तर्गत फक्ताङलुङ साँस्कृतिक मञ्चको केन्द्रीय अध्यक्षमा यादन सेर्मा ‘नुनाम’ निर्वाचित भएका छन् ।
शनिबार ललितपुर स्थित किरात याक्थुङ चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा सम्पन्न फक्ताङ्लुङ सयङ, फक्ताङलुङ साँस्कृतिक मञ्चको चौथो राष्ट्रिय महाधिवेशनबाट यादन सेर्माको अध्यक्षतामा १४ सदस्यीय समिति निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा मोहन मादेन र तारा थेबे, महासचिवमा कन्चन थालङ, सचिवमा जे.पी. नेम्बाङ, कोषअध्यक्षमा मञ्जु लावती, सह कोषाध्यक्षमा शम्भु फोम्बो चयन भएका छन् । यसैगरि सदस्यहरुमा सगुन आङ्देम्बे, गंगा फियाक, लक्ष्मन लिम्बु, दिपा सुहाङ, पुस्पांजलि तिलिङ्, राजेन्द्र केरुङ, तिर्सना नेम्बाङ् निर्वाचित भएका छन् ।
मुन्धुमविद तथा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुङ, पूर्व पूमुख जिल्ला अधिकारी तथा मदन पुस्कार विजेता भगिरथ इङनामको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ लिम्बू गायीका मनु नेम्बाङ, चर्चित गायक प्रथम नेपाली तारा दिपक लिम्बू, लोकप्रिय गायक तथा संगीतकार बिनोद खम्बू, निर्देशक हाङ चेम्जोङ लगायत दर्जनौ कलाकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
साँगितिक प्रस्तुति समेत प्रस्तुत गरिएको महाधिबेशनमा लिम्बू गीत संगीतमा लामो समयदेखि योगदान पु¥याउदै आएका गीतकार तथा संगीतकार प्रेम पन्धाक लिम्बूलाई नगद १० हजार सहित खदा र सम्मान पत्रले सम्मान गरिएको थियो ।
फक्ताङलुङ सयङका अध्यक्ष भवानी बिक्रम सम्बाहाङफेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मोहन मादेनले गरेका थिए ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...