कियाचु बुसान शाखाको अध्यक्षमा संजोक कन्दङवा

 लिम्बुवान न्युज
                       


दमक, २२ जेठ । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखाको अध्यक्षमा संजोक कन्दङ्वा सर्वसम्मत चयन भएका छन् ।
आइतवार सम्पन्न साखाको चौथो अधिबेशनबाट कन्दङ्वाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएका हुन् ।
बरिष्ठ उपाध्यक्षमा सबिन लिङिखम, उपाध्यक्षहरुमा दिवश वनेम, रोशन फियाक र प्रताप चन्द्र इदिङ्गो, सचिवमा चन्द्र लिम्बू र सह–सचीव गोपाल लिम्बू, कोषाध्यक्षमा श्री चेम्जोङ र सह कोषाध्यक्षमा सानू कन्दङ्वा चयन भएका छन् ।
सदस्यहरुमा विवेक निङ्लेखु, इन्द्र लिम्बू, राज नेम्बाङ, किरण लिम्बू, सन्तोष योङ्हाङ, दिलिप खापुङ, अदृश्य कन्दङ्वा, नाम्बिन लिम्बू, सुमन साम्सोहाङ र शुक्रराज कन्दङ्वा चयन भएका छन् ।
चुम्लुङ कोरियाका अध्यक्ष मिराक लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विभिन्न जातिय एवम् क्षेत्रीय संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...