तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर, २४ जेठ । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । तत्काल मन्त्री परिवर्तन नगर्ने केही समयपछि गर्ने भन्ने कुरा भएको बैठक स्रोतले बताएको छ ।
अहिले संसदमा बजेटबारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ दिनुपर्ने भएकाले तत्काल मन्त्री नफेर्ने सहमति भएको उनको भनाइ छ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । सोही आधारमा आइतबार मन्त्रीहरूलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो ।
प्रधानमन्त्रीले बजेटमाथि मन्त्रालयगत छलफल हुने बेला मन्त्री फेरबदल गर्न नसकिने बताएका थिए । सोही आधारमा गठबन्धनमा तत्काल मन्त्री नफेर्ने सहमति जुटेको हो । समाजवादीले नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय गरेको थियो ।
पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । अब बजेट पारित नहुँदासम्मको लागि उनीहरूको पद जोगिने भएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...