काठमाडौं, २४ जेठ । सरकारले संघ र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको हो ।
आयोगसँगको परामर्शका आधारमा सरकारले आगामी कात्तिक २७ मा प्रदेश १, मधेस र वाग्मतीमा संघ र प्रदेशको निर्वाचन एकैपटक गर्ने जनाएको छ ।
यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मंसिर ३ मा संघ र प्रदेशको निर्वाचन गर्ने भएको हो ।
‘स्थानीय तह निर्वाचनको अनुभवका आधारमा सुरक्षा, तयारीसहितका विषयले पनि निर्वाचन दुई चरणमा गर्नुपर्ने देखियो । हामीले यसकै आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी सरकारसँग छलफलमा तयारी गरेका हौं’ स्रोतले भन्यो, ‘दुई चरणमा कात्तिक २७ र मंसिर ३ मा निर्वाचन हुने भएको छ । मितिको घोषणा छिट्टै हुन्छ ।’
अघिल्लोपटक पनि संघ र प्रदेशको निर्वाचन पनि दुई चरणमा नै भएको थियो ।