संघ र प्रदेशको निर्वाचन दुई चरणमा हुने

 लिम्बुवान न्युज
                       

काठमाडौं, २४ जेठ । सरकारले संघ र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको हो ।

आयोगसँगको परामर्शका आधारमा सरकारले आगामी कात्तिक २७ मा प्रदेश १, मधेस र वाग्मतीमा संघ र प्रदेशको निर्वाचन एकैपटक गर्ने जनाएको छ ।

यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मंसिर ३ मा संघ र प्रदेशको निर्वाचन गर्ने भएको हो ।

‘स्थानीय तह निर्वाचनको अनुभवका आधारमा सुरक्षा, तयारीसहितका विषयले पनि निर्वाचन दुई चरणमा गर्नुपर्ने देखियो । हामीले यसकै आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी सरकारसँग छलफलमा तयारी गरेका हौं’ स्रोतले भन्यो, ‘दुई चरणमा कात्तिक २७ र मंसिर ३ मा निर्वाचन हुने भएको छ । मितिको घोषणा छिट्टै हुन्छ ।’

अघिल्लोपटक पनि संघ र प्रदेशको निर्वाचन पनि दुई चरणमा नै भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...