स्वतन्त्र उम्मेदवारहरुको भेला असार १७ र १८ गते हुँदै

 लिम्बुवान न्युज
                       


काठमाडौं, २७ जेठ । संघ र प्रदेश निर्वाचनमा देशभर उम्मेदवार उठाउने विषयमा छलफल गर्नका लागि स्वतन्त्र व्यक्तिहरुको भेला हुने भएको छ ।
स्वतन्त्र उम्मेदवारहरुको पहिलो राष्ट्रिय भेला असार १७ र १८ गते काठमाडौंमा बोलाइएको हो । ‘स्थानीय तहको निर्वाचनमा पाएको जनमतलाई सम्मान गर्दै आउँदो निर्वाचनको तयारी, रणनीति र कार्यदिशा तय गर्ने उद्धेश्य’ले भेला बोलाइएको बताइएको छ ।
भेलामा सहभागी हुन र आर्थिक सहयोग गर्न छुट्टाछुट्टै क्युआर कोडको व्यवस्था गरिएको छ । भेलामा सहभागी हुनका लागि क्यु आर कोड मार्फत नाम दर्ता गर्नुपर्नेछ । सहभागी हुनको लागि एक हजार ५०० शुल्क तोकिएको छ । दुई दिनको खानाको लागि शुल्क तोकिएको भेलाका अगुवा डम्बर साहुले जानकारी दिए ।
यस भेलाप्रति स्वतन्त्र उम्मेदवारी दिएकाहरुको नै मतैक्यता रहेको छैन । सामूहिक छलफल नगरि कुनै एक व्यक्तिले भेला बोलाउनुको अर्थ नहुने असन्तुष्ट पक्षको भनाई छ । ‘एक व्यक्तिको खातामा पैसा हालिदेउ भनेर भेला डाक्नुको अर्थ छैन । कुनै छलफल गरेर बोलाइएको भेला होइन ।’
पोखरा महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी गनेश पौडेलले भने,‘त्यो भेलामा मेरो समर्थन छैन । स्वतन्त्र उम्मेदवार दिएका धेरैलाई थाहै छैन ।’ देशभर उठेका स्वतन्त्र उम्मेदवारलाई आफैंले उठाए झैं गरि अपनत्व लिने प्रयास भएकाले भेलाको औचित्य नरहेको पौडेलले बताए ।
भेलामा देशभरबाट २ हजार बढी सहभागी हुने साहुले दाबी गरे । दोस्रो दिनको बन्दसत्रमा ७ देखि ८ सयको सहभागिता हुने उनले जानकारी दिए । स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका सबै जना आउनेमा साहु नै ढुक्क देखिएनन् । ‘धेरै जनासँग छलफल गरेर नै भेला डाकिएको हो । स्वतन्त्रबाट विजयी भएका कोही आउँदिन भन्नुहुन्छ भने उहाँहरुको इच्छाको कुरा हो ।’ साहुले भने । (अनलाइन खबरबाट)

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...