स्वतन्त्र उम्मेदवारहरुको भेला असार १७ र १८ गते हुँदै

 लिम्बुवान न्युज
                       


काठमाडौं, २७ जेठ । संघ र प्रदेश निर्वाचनमा देशभर उम्मेदवार उठाउने विषयमा छलफल गर्नका लागि स्वतन्त्र व्यक्तिहरुको भेला हुने भएको छ ।
स्वतन्त्र उम्मेदवारहरुको पहिलो राष्ट्रिय भेला असार १७ र १८ गते काठमाडौंमा बोलाइएको हो । ‘स्थानीय तहको निर्वाचनमा पाएको जनमतलाई सम्मान गर्दै आउँदो निर्वाचनको तयारी, रणनीति र कार्यदिशा तय गर्ने उद्धेश्य’ले भेला बोलाइएको बताइएको छ ।
भेलामा सहभागी हुन र आर्थिक सहयोग गर्न छुट्टाछुट्टै क्युआर कोडको व्यवस्था गरिएको छ । भेलामा सहभागी हुनका लागि क्यु आर कोड मार्फत नाम दर्ता गर्नुपर्नेछ । सहभागी हुनको लागि एक हजार ५०० शुल्क तोकिएको छ । दुई दिनको खानाको लागि शुल्क तोकिएको भेलाका अगुवा डम्बर साहुले जानकारी दिए ।
यस भेलाप्रति स्वतन्त्र उम्मेदवारी दिएकाहरुको नै मतैक्यता रहेको छैन । सामूहिक छलफल नगरि कुनै एक व्यक्तिले भेला बोलाउनुको अर्थ नहुने असन्तुष्ट पक्षको भनाई छ । ‘एक व्यक्तिको खातामा पैसा हालिदेउ भनेर भेला डाक्नुको अर्थ छैन । कुनै छलफल गरेर बोलाइएको भेला होइन ।’
पोखरा महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी गनेश पौडेलले भने,‘त्यो भेलामा मेरो समर्थन छैन । स्वतन्त्र उम्मेदवार दिएका धेरैलाई थाहै छैन ।’ देशभर उठेका स्वतन्त्र उम्मेदवारलाई आफैंले उठाए झैं गरि अपनत्व लिने प्रयास भएकाले भेलाको औचित्य नरहेको पौडेलले बताए ।
भेलामा देशभरबाट २ हजार बढी सहभागी हुने साहुले दाबी गरे । दोस्रो दिनको बन्दसत्रमा ७ देखि ८ सयको सहभागिता हुने उनले जानकारी दिए । स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका सबै जना आउनेमा साहु नै ढुक्क देखिएनन् । ‘धेरै जनासँग छलफल गरेर नै भेला डाकिएको हो । स्वतन्त्रबाट विजयी भएका कोही आउँदिन भन्नुहुन्छ भने उहाँहरुको इच्छाको कुरा हो ।’ साहुले भने । (अनलाइन खबरबाट)

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...