आन्छुमेको शब्द रहेको लिम्बु गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       


दमक, २७ जेठ । सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक गरिएको छ ।
गायक एकान्त आङदेम्बे लिम्बू र गायीका सुनिता लावती लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘हौ फोवामे’ को भिडियो गायीका सुनिता लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।


कोरियोग्रफर तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा इसिका जबेगु लिम्बू र आशिस लिम्बूद्वारा अभिनित भिडियोमा छायाँकन मुकेश हुमागाईले गरेका छन् ।
छाडेर गएकी श्रीमतीको यादमा टोलाएर बसेको एक युवकको प्रेम कथालाई प्रस्तुत गरिएको भिडियोमा कविता तोलाङगीको मेकअप, मु्स्कान ओली, सिरिस खड्का र नविन तोलाङगीको लाईट र अनिल रानाको सम्पादन रहेको छ ।
पदम रजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
भिडियो हेर्नुहोस‘

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...