निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने

 लिम्बुवान न्युज
                       


काठमाडौं, ३१ जेठ । निर्वाचन आयोगले असार १ गते देखि मतदाता नामावली संकलन तथा पुरानो अद्यावधिक कार्य गर्ने जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै संकलन कार्य शुरु गर्ने जनाएको हो ।

आयोगले आगामी प्रदेशसभा तथा संघीय निर्वाचनलाई लक्षित गर्दै नामावाली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा कुनै पेशा, व्यवसाय वा अन्य कुनै कारणले एक जिल्लामा बसोबास गरिरहेका नागरिकले उसको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाबाट समेत दर्ता गर्न सक्ने व्यवस्था गरेको बताएको छ । त्यसैगरी मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्ममिति लगायतका विवरण सच्याउनलाई प्रमाण सहित निवेदन दिनु पर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार मतदाताले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको पाईएको खण्डमा कुनै व्यक्तिले उजुरबाजुर प्रमाणसहित दिएमा उक्त नाम छानविन गरि हटाउन सक्ने समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

हेर्नुहाेस् विज्ञप्ति

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...