उर्लाबारीमा धिमाल सांस्कृतिक पर्व जातिरी/सिर्जातको समापन

 लिम्बुवान न्युज
                       


उर्लाबारी, ३ असार । हरेक बर्ष असार २ गते आयोजना हुँदै आएको धिमाल जातीहरुको सांस्कृतिक पर्व जारिती/सिर्जात कार्यक्रमको समापन भएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा उर्लाबारीस्थित दशबिघेमा विहीबार सम्पन्न भएको हो ।

धिमाल जातिय बिकास केन्द्रले सो कार्यक्रमको आयोजना गरेको हो । समापन कार्यक्रममा माननीय प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा, संस्थापक अध्यक्ष रामबहादुर धिमाल, पूर्व अध्यक्ष रामबहादुर संस्थापक तथा सल्लाहकार मोहन धिमाल, संस्थापक गणेशमान धिमाल, उर्लाबारी नगर स्तरिय राजनैतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

विविध धिमाल सांस्कृतिक नृत्यहरु, रमाइलो मनोरञ्जनका खेल तामासा लगायत कार्यक्रम सहित आयोजित कार्यक्रममा यस वर्षको धिमाल युवा प्रतिभा–२०७९ उर्लाबारी निवासी ललित धिमाललाई नगद ५ हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।

केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालको सभाध्यक्षतामा आयोजित कार्यक्रमको संचालन महासचिव मातृका धिमालले गरेका थिए ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...