हाङ चेम्जोङको निर्देशनमा ‘सत्रथुम’ को भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । निर्देशक हाङ चेम्जोङको निर्देशनमा पुष्पाञ्जली तिल्लीङ लिम्बू‘चापेती कुम्मा’ र राज लिम्बूको दमदार अभिनय रहेको पुर्वेली लोकभाकामा सजिएको गीत ‘सत्रथुम’ को भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार पेशल माबुहाङको शव्द, संगीतकार सञ्जय तुम्बाहाम्फेको संगीत तथा गायक पेपराज माबुहाङ र गायीका श्रेयसी चेम्चोङको सुमधुर आवाजमा सजिएको गीत ‘सत्रथुम’ को भिडियो रीता फोम्बो ठुलीको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

तेह्रथुमको चोत्लुङ पार्कदेखि पाँचथरको त्रिसाली मेलासम्मको स्थानहरुमा छायाँकन गरिएको भिडियोमा तेजेन्द्र चेम्जोङ, जीवन केदेम, सुमन लिम्बु, प्रमिशा सम्बाहाम्फे, आरती सम्बाहाम्फे र दिब्या सम्बाहाम्फे लगायतको समेत अभिनय रहेको छ ।

इशाक जबेगु र धिरेन तुम्बापाेको छायाँकन रहेको यस भिडियोको सम्पादन पनि जबेगुले नै गरेका हुन् भने श्रृङ्गार सुमन मग्रातीले गरेका हुन् ।

राजु कार्कीको संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई गीतकार रीता फोम्भो ठूलीले निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...