दमक, ४ असार । बरिष्ठ गायक शम्भू राई र लोकप्रिय गायिका मेलिना राईको सुमधुर आवाजमा सजिएको गीत ‘चिउरी चिल्लो पात’ को नयाँ भर्सन भिडियो सहित सार्वजनिक गरिएको छ ।
चर्चीत तथा पुराना गीतको नयाँ भर्सनहरु पछिल्लो समय बढी मात्रामा आउने क्रम बढिरहेको बेला विरेन्द्र राईको शब्द तथा संगीत रहेको पूर्वेली जुहारी गीत ‘चिउरी चिल्लो पात’ शम्भू राई श्रद्धा रेकर्डिङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
शम्भू राई, विरेन्द्र राई, लोरेतो सिंह र संगीता मुखियाको आवाजमा यसअघिनै चर्चा बटुलिसकेको गीतलाई नर्बु शेर्पाले एरेञ्ज गरेका हुन् । श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सार्वजनिक नयाँ भर्सनको गीतलाई श्याम लिम्बूले रेकर्ड तथा दीपेश प्रधानले मिक्सिङ गरेका हुन् ।
‘डाँडा बजार’ र ‘तमोर सलल’ को अपार सफलता पछि कलाकार, निर्माता तथा निर्देशक देउकृष्ण देवान याख्खा लिंखाको निर्देशन रहेको भिडियोमा रेखा लिम्बू, विमला लिम्बू, योमन सोदेम्बा लिम्बू र नुमा माबुहाङ लिम्बूले अभिनय गरेका छन् ।
नयाँ भिडियोको छायाँकन देवराज सिग्देल, अनिल रानाको कलरिङ तथा सम्पादन रहेको छ ।
यस्तै भिडियोमा आरती लिम्बू, फूलमाया लिम्बू, अञ्जना लिम्बू, दलमान लिम्बू, नरमान लिम्बू, जोग बहादुर लिम्बू, लाल बहादुर लिम्बू, पूर्ण बहादुर लिम्बू, लक्ष्मी लिम्बू, मनरानी लिम्बू, थ्री प्रसाद जीमी याख्खा, खड्का बहादुर लिम्बू, छिन्ताङ्गे राई, दूर्गा लिम्बू, पुरनधोजे लिम्बू, सुमन लिम्बू, रोबर्ड श्रेष्ठ, राम गुरुङ, पूर्ण बहादुर गुरुङ, पदम बहादुर थापा, सुनिल सिटौला, विनय मादेन र गोविन्द यादव लगायतले समेत अभिनयमा साथ दिएका छन् । भिडियो हेर्नुहोस‘
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...
दमक, ८ कार्तिक । झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...