संघीय नेवाः प्रान्तीय मञ्चको तदर्थ समिति गठन

 लिम्बुवान न्युज
                       


काठमाडौं, ४ असार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय नेवाः प्रान्तीय मञ्च, नेपालको तदर्थ समिति गठन भएको छ । शनिबार काठमाडौंस्थित कालिकास्थानमा एक कार्यक्रमका बिच सुरज श्रेष्ठको अध्यक्षतमा तदर्थ समिति गठन भएकाे हो ।

मञ्चका उपत्यका अध्यक्ष मिक्तोक इवा र मुख्य सचिव रन्धोज ताम्लिङकाे उपस्थितिमा तदर्थ समिति गठन भएको छ । उक्त समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिव मञ्जु राना मगर, अर्थसचिवमा तायो राई चुनिएका छन् ।


त्यस्तै, उक्त कार्यक्रमले सदस्यहरुमा प्रदिप लामा, लवकुमार श्रेष्ठ, हेमन्त सिक्देल, ज्ञानकुमार श्रेष्ठ, धर्म महर्जन, उपा श्रेष्ठ, कुमार श्रेष्ठ र सरस्वती श्रेष्ठ रहेका छन् । अब संगठनलाई थप गर्दै अघि बढ्न चाडै अधिवेशनको तयारी गर्ने मुख्यसचिव ताम्लिङले बताएका छन् ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...