संघीय नेवाः प्रान्तीय मञ्चको तदर्थ समिति गठन

 लिम्बुवान न्युज
                       


काठमाडौं, ४ असार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय नेवाः प्रान्तीय मञ्च, नेपालको तदर्थ समिति गठन भएको छ । शनिबार काठमाडौंस्थित कालिकास्थानमा एक कार्यक्रमका बिच सुरज श्रेष्ठको अध्यक्षतमा तदर्थ समिति गठन भएकाे हो ।

मञ्चका उपत्यका अध्यक्ष मिक्तोक इवा र मुख्य सचिव रन्धोज ताम्लिङकाे उपस्थितिमा तदर्थ समिति गठन भएको छ । उक्त समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिव मञ्जु राना मगर, अर्थसचिवमा तायो राई चुनिएका छन् ।


त्यस्तै, उक्त कार्यक्रमले सदस्यहरुमा प्रदिप लामा, लवकुमार श्रेष्ठ, हेमन्त सिक्देल, ज्ञानकुमार श्रेष्ठ, धर्म महर्जन, उपा श्रेष्ठ, कुमार श्रेष्ठ र सरस्वती श्रेष्ठ रहेका छन् । अब संगठनलाई थप गर्दै अघि बढ्न चाडै अधिवेशनको तयारी गर्ने मुख्यसचिव ताम्लिङले बताएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...