पेट्रोलिय पदार्थमा हालसम्मकै भारी मुल्य वृद्धिः ग्यासको मुल्य यथावत

 लिम्बुवान न्युज
                       

काठमाडौं, ६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हालसम्मकै भारी वृद्धी गरेको छ । आइतबार निगलले एक विज्ञप्ति जारी गर्दै मुल्य बृद्धि भएको जनाएको हो ।

निगम सञ्चालक समितिको आकस्मिक बैठक बसी पेट्रोलमा प्रति लिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मुल्य बृद्धि गरेको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागु हुने निगमले विज्ञप्तिमा जनाएको छ ।

अब योसँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मुल्य १९२ रुपैयाँ पुगेको छ ।
यस्तैगरी निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँ मुल्य वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुगेको जनाएको छ । हवाई इन्धनको बाह्यतर्फ भने एकसय अमेरिकी डलरले मूल्यवृद्धि गरेको जनाइएको छ ।

निगमले खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

हेर्नुहाेस् विज्ञप्तीः

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...