एसईईको नजिता असार मसान्तमा सार्वजनिक गर्ने बोर्डको तयारी

 लिम्बुवान न्युज
                       


लिम्बुवाखबर, ७ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यहि असार मसान्तभित्र सार्वजनिक गर्ने भएकोे छ । वोर्डले नतिजा सार्वजनिक गर्न तिब्र रुपमा काम गरिरहेको जनाएको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार समयमा नै नजिता सार्वजनिक गर्न आवश्यक कार्य भईरहेको हुँदा कुनै प्राविधि समस्या नआए आगामी ३२ गते नजिता सार्वजनिक गर्ने बताए ।
उत्तरपुस्तिका परीक्षण सम्पन्न भई सुरपरिवेक्षणको काम अन्तिम चरणमा भईरहेको साथै रुजु गर्दै कम्प्यूटर इन्ट्रीको काम भईरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने कार्ययोजना बनाइएको बताइएको छ ।
कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेकाे बाेर्डले एसइईको नजिता दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेर ल्याउन लागेको हो ।
यस बर्ष दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षामा समेल भएको परिक्षा नियन्त्रक अर्जुन रायमाझीले जनाएका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...