किरात लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न

 लिम्बुवान न्युज
                       

सरस्वती मा.वि. माङसेबुङका विद्यार्थीहरू किरात लिम्बु भाषा परीक्षामा लेख्दै

लिम्बुवानखबर, ९ असार । इलामको माङ्सेबुङ–५स्थित सरस्वती माध्यमिक विद्यालयमा किरात लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न भएको छ ।

बिहिवार (आज) किरात लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न भएको हो । परीक्षामा झापा, इलाम, धनकुटा, सुनसरी, पान्थर, मोरङ लगायतका ३० जना परीक्षार्थीहरु सहभागी भएका थिए ।

पुर्वको ताप्लेजुङ, पान्थर, इलाम तीन जिल्लाहरुमा लिम्बू भाषाको परीक्षा हुदैछ । यसैगरी पान्थरको पृथ्वी माबि यासोक, खलंगाटार माबि याङनाम, सत्येहाङमा माबि इम्बुङ, ताप्लेजुङको सेवा माबि फक्ताङलुङ गाउँपालिका र इलामको सरस्वती माबि माङ्सेबुङ लगायत परिक्षा केन्द्रमा परीक्षा भएको भाषा शिक्षक दिलबिर सेर्माले बताएन ।

लिम्बू भाषा माध्यमिक शिक्षा बोर्डले जारी गरेको कक्षा ११ र १२ परीक्षा तालिका अनुसार आज कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । यसैगरी भोलि शुक्रबार कक्षा ११ को परीक्षा हुने वोर्डले जनाएको छ । प्रदेश नं. १ सरकारले लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा घोषणा गरेसँगै किरात लिम्बुभाषा शिक्षा अध्ययनमा पछिल्लो समय विद्यार्थीहरुको आकर्षण बढ्दै गएको तथ्याङकले देखाएको छ ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...