किरात लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न

 लिम्बुवान न्युज
                       

सरस्वती मा.वि. माङसेबुङका विद्यार्थीहरू किरात लिम्बु भाषा परीक्षामा लेख्दै

लिम्बुवानखबर, ९ असार । इलामको माङ्सेबुङ–५स्थित सरस्वती माध्यमिक विद्यालयमा किरात लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न भएको छ ।

बिहिवार (आज) किरात लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न भएको हो । परीक्षामा झापा, इलाम, धनकुटा, सुनसरी, पान्थर, मोरङ लगायतका ३० जना परीक्षार्थीहरु सहभागी भएका थिए ।

पुर्वको ताप्लेजुङ, पान्थर, इलाम तीन जिल्लाहरुमा लिम्बू भाषाको परीक्षा हुदैछ । यसैगरी पान्थरको पृथ्वी माबि यासोक, खलंगाटार माबि याङनाम, सत्येहाङमा माबि इम्बुङ, ताप्लेजुङको सेवा माबि फक्ताङलुङ गाउँपालिका र इलामको सरस्वती माबि माङ्सेबुङ लगायत परिक्षा केन्द्रमा परीक्षा भएको भाषा शिक्षक दिलबिर सेर्माले बताएन ।

लिम्बू भाषा माध्यमिक शिक्षा बोर्डले जारी गरेको कक्षा ११ र १२ परीक्षा तालिका अनुसार आज कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । यसैगरी भोलि शुक्रबार कक्षा ११ को परीक्षा हुने वोर्डले जनाएको छ । प्रदेश नं. १ सरकारले लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा घोषणा गरेसँगै किरात लिम्बुभाषा शिक्षा अध्ययनमा पछिल्लो समय विद्यार्थीहरुको आकर्षण बढ्दै गएको तथ्याङकले देखाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...