पूर्वको नेपाल–भारत सीमा नाका ७२ घण्टा सिल

 लिम्बुवान न्युज
                       


कांकरभिट्टा, १० असार । नेपालको पूर्वी भारतसँग जोडिएको सीमा ७२ घण्टाका लागि सिल गरिएको छ ।

आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी शुक्रबार देखिनै सीमामा सिल गरिएको झापा जिल्लाका प्रजिअ छविलाल रिजालले बताए ।

उनले भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको बताए ।

उनका अनुसार शुक्रबार बिहान ६ बजेदेखि सिल गरिएको नाका सोमबार बिहान ६ बजे खोलिनेछ। विशेषगरी, बिरामी, असहाय र अशक्तलाई नाका वारपार गर्नुपर्ने परेमा दुवैतिरका सुरक्षा निकायको समन्वयमा गरिने उनको भनाइ छ। दार्जिलिङसँगै मिरिक, खरसाङ र सिलिगुडी क्षेत्रमा समेत जिटिएको चुनाव हुने जनाइएको छ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...