एकीकृत समाजवादीको केन्द्रीय बैठकबाट मन्त्री परिवर्तन गर्ने निर्णय एकमतले अनुमोदन

 लिम्बुवान न्युज
                       


काठमाडौं, ११ असार । पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने नेकपा एकीकृत समाजवादीको सचिवालय समितिले गरेको निर्णय केन्द्रीय कमिटी बैठकले एकमतका साथ अनुमोदन गरेको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की व्याक्वेटमा जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले गत जेठ २२ गते सचिवालय समितिले गरेको मन्त्री फेर्ने निर्णयलाई अनुमोदन गरेको हो । यसअघि, शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले पनि सचिवालय समितिको निर्णय अनुमोदन गरेको थियो ।

जेठ २२ गते सम्पन्न सचिवालय समितिको बैठकले पार्टीबाट सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भवानी खापुङलाई भने स्वास्थ्यमन्त्री बढुवा गर्ने निर्णय गरेको थियो ।

सचिवालय समिति बैठकले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेको महिना दिन पुग्न लाग्दा पनि मन्त्री भने फेरिएका छैनन् । पार्टीले निर्णय गरेतापनि पुराना मन्त्री फिर्ता हुन नमानेपछि नयाँ मन्त्रीले शपथ लिन पाएका छैनन् ।

केन्द्रीय कमिटी बैठकले पनि सचिवालयको निर्णय अनुमोदन गरेपछि अब भने फिर्ता हुन नचाहने मन्त्रीहरुलाई नैतिक दबाब बढेको छ । सम्भवत आजै नभए भोली दिनभरमा एकीकृत समाजवादीका नयाँ मन्त्रीले शपथ लिने एक नेताले बताए ।

मन्त्री फेर्ने सचिवालयको निर्णयलाई केन्द्रीय कमिटीले एकमतका साथ अनुमोदन गरिरहेको बेला चार मन्त्री भने बैठकमा सहभागी छैनन् । पार्टी नेतृत्वलाई समेत जानकारी नदिइ बैठकमा सहभागी नभएका मन्त्रीको खोजी भइहरको छ । (दृष्टि अनलाइनबाट)

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...