सुनिता र व्रविमको आवाजमा सजिएको ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक

 लिम्बुवान न्युज
                       


दमक, १४ असार । लोकप्रिय गायिका सनिता थेगिम लिम्बू र मुन्धुमी गायक व्रविम सेर्माको आवाजमा सजिएको लिम्बू भाषाको नयाँ गीत ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार श्याम लाओतीको शव्द तथा संगीतमा सजिएको गीत ‘इक्सादिङ खाम्बेक’ लिप्सिङ भिडियो ओरिजिन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई योगेन मुकारुङले रेकर्ड गरेका हुन् भने मुस्कान मुकारुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

यस भिडियोमा अंग्रेजी सवटाईटल समेत राखिएको छ । उक्त टाइटलको अनुवाद डिबी आङबुङको रहेको छ भने छायाँकन मनोज राईले गरेका हुन् ।

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=De0B5mvy3ZA

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...