भूपु डिएसपि कृष्णमान थेवे र संघीय आमा धरानमा सम्मानित

 लिम्बुवान न्युज
                       


सुनसरी, १९ असार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय उपाध्यक्ष भूपु डिएसपी कृष्णमान थेवे र संघीय आमाको उपनामले चिनिएकी मञ्चको सचिवालय सदस्य तथा महिला मञ्चकी उपाध्यक्ष सावित्रा पंधाक सम्मानित भएका छन् ।

शनिबार धरानस्थित मञ्चको जिल्ला कार्यालयमा संघीय लिम्बुवान महिला मञ्च जिल्ला कार्य समिति सुनसरीको आयोजनामा आयोजित आयोजित कार्यक्रममा द्वय नेताहरु सम्मानित भएका हुन् ।

लामो समय देखि पहिचान र लिम्बुवान आन्दोलनलाई निरन्तर साथ सहयोग गरिरहनु भएका द्वय नेता धरानका स्थायीबासी हुन् । लामो समय राष्ट्र सेवक भएर देश जनताका लागि योगदान पुराएका थेवेले लिम्बुवान आन्दोलनलाई समेत दशकौं देखि निरन्तर साथ सहयोग गरिरहेका छन् । त्यसैगरी ०६२/०६३ को जनआन्दोलनसँगै स्थापित भएको संघीय मञ्चलाई निरन्तर हर तरहबाट सहयोग गर्नु हुने पन्धाकलाई मञ्चले संघीय आमाको उपमा दिएका छन् ।

कार्यक्रम मञ्चका जिल्ला अध्यक्ष सरस्वती सुब्बाको अध्यक्षतामा भएको थियो । मञ्चका सुनसरीमा रहेका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सुनसरी जिल्लाका महिला नेत्रीहरु, धरान उपमहानगरका महिला नेत्रीहरुको उपस्थिति रहेको सुनसरी जिल्ला अध्यक्ष अमर इजमले लिम्बुवान खबरलाई बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...