
बिराटनगर, २३ असार । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आजबाट पदभार ग्रहण गरेका छन् । उनले आज कार्यालयमा हाजिर भई कार्यालयको पदभार ग्रहण गर्नुका हुन् ।
नेपाल सरकार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट यही असार १९ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भई प्रदेश नं. १ प्रमुखको रुपमा यस कार्यालयमा पदस्थापना हुनु भएका गिरीले कार्यालय सम्हाल्नु भएको हो ।

नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउनु भएका वहाँले यस अगाडि बिशेष ब्युरो, सिआईबी, अपराध महाशाखा जस्ता महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरेका कुशल छविका प्रहरी अधिकृत हुन् । बिशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरेर सफलता हसिल गरेका छन् ।
वहाँमा बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व गरेका अनुभव रहेको वताइन्छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय प्रमुखको रुपमा हाजिर भए पश्चात वहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर काम गर्न निर्देशन दिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।