प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न संघर्ष समितिकाे माग

 लिम्बुवान न्युज
                       

काठमाडाैं, लिख । विभिन्न दल र सामाजिक संस्थाका प्रतिनिधिहरुले प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ राख्न माग गरेका छन् ।

‘लिम्बुवान, किरात संयुक्त संघर्ष समिति’मा आबद्ध दल र सामाजिक संस्थाका प्रतिनिधिहरुले आज काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गरी प्रदेश १ को नाम लिम्बुवान, किरात राख्न माग गरेका हुन् ।

उनीहरुले आफूहरुको मागलाई नजरअन्दाज गरी प्रदेशको नाममा लिम्बुवान शब्द समावेश नगरे दीर्घकालीन आन्दोलनमा होमिने र त्यसले जनताको दिगो शान्ति र अमनचयनमा असर पुग्ने चेतावनी समेत दिएका छन् ।

नेकपा माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबो, जनता समाजवादी पार्टी सम्बद्ध लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन, नेपाली कांग्रेसको लिम्बुहरुको तर्फबाट उत्तमसिंह थाङदेन, नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक लिम्बु संघका अध्यक्ष त्रिवेणी चोङबाङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, लिम्बु विद्यार्थी मञ्चकी अध्यक्ष दीपा लक्सम र याक्थुङ युवाका केन्द्रीय सदस्य सुनिल आङबोले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा १४ जिल्ला समेटिएको प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ राख्नुपर्ने उल्लेख छ ।

अाज इटहरीमा बस्ने माेर्चाकाे प्रदेश नं. १ स्तरीय बैठकले थप कार्यक्रम घाेषणा समेत गरिने बताइएकाे छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...