प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न संघर्ष समितिकाे माग

 लिम्बुवान न्युज
                       

काठमाडाैं, लिख । विभिन्न दल र सामाजिक संस्थाका प्रतिनिधिहरुले प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ राख्न माग गरेका छन् ।

‘लिम्बुवान, किरात संयुक्त संघर्ष समिति’मा आबद्ध दल र सामाजिक संस्थाका प्रतिनिधिहरुले आज काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गरी प्रदेश १ को नाम लिम्बुवान, किरात राख्न माग गरेका हुन् ।

उनीहरुले आफूहरुको मागलाई नजरअन्दाज गरी प्रदेशको नाममा लिम्बुवान शब्द समावेश नगरे दीर्घकालीन आन्दोलनमा होमिने र त्यसले जनताको दिगो शान्ति र अमनचयनमा असर पुग्ने चेतावनी समेत दिएका छन् ।

नेकपा माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबो, जनता समाजवादी पार्टी सम्बद्ध लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन, नेपाली कांग्रेसको लिम्बुहरुको तर्फबाट उत्तमसिंह थाङदेन, नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक लिम्बु संघका अध्यक्ष त्रिवेणी चोङबाङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, लिम्बु विद्यार्थी मञ्चकी अध्यक्ष दीपा लक्सम र याक्थुङ युवाका केन्द्रीय सदस्य सुनिल आङबोले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा १४ जिल्ला समेटिएको प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ राख्नुपर्ने उल्लेख छ ।

अाज इटहरीमा बस्ने माेर्चाकाे प्रदेश नं. १ स्तरीय बैठकले थप कार्यक्रम घाेषणा समेत गरिने बताइएकाे छ ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...