“लिम्बुवान, किरात” नामाकरण गराउन आन्दोलनको घोषणाः साउन ५ गते विराटनगरमा जनप्रदर्शन

 लिम्बुवान न्युज
                       


इटहरी, २६ असार । १ नम्बर प्रदेशको नामाकरण “लिम्बुवान, किरात प्रदेश” घोषणा गर्न गठित लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ ।
आइतबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रदेश नम्बर १ को नाम पहिचानको आधारमा “लिम्बुवान, किरात” राख्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघर्ष समितिले साउन ५ गते प्रदेश नं. १ को राजधानी विराटनगरमा वृहत जनप्रदर्शन गर्ने जनाएको छ ।
समितिले विज्ञप्ति जारी गर्दै असार २७ गते मुख्यमन्त्रीको कार्यालय, अन्य मन्त्रीहरु, संसदीय दलका नेता, पार्टी प्रमुख, प्रदेश प्रमुख लगायतमा ज्ञापन पत्र बुझाउने, २८ देखि ३० गते सम्ममा लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले किारत याक्थुङ चुम्लुङ जिल्ला समितिको समन्वयमा जिल्ला स्तरीय समिति गठन गर्ने, असार ३२ गते प्रदेश नं. १ को सबै जिल्लामा कोणसभा गर्ने । त्यसैगरी विज्ञप्तिमा अन्य थप आन्दोलन आवश्यकता अनुसार क्रमशः घोषणा गर्दै जाने बताइएकोे छ ।

पत्रकार सम्मेलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका उपाध्यक्ष प्रेम मिभक, जसपाका केन्द्रीय सदस्य तथा लिम्बुवान उपाध्यक्ष जेन्टल लावती, मुख्य सचिव केदार धिमाल, लिम्बुवान प्रान्तका महासचिव दिलकुमार लावती, लगायत संयुक्त संघर्ष समितिका विभिन्न संगठनहरुका नेताहरुको सहभागिता रहेको थियो ।

यसैगरी संघर्ष समितिले राजनीतिक दलका उच्च नेतृत्वहरुसँग बहस गर्न राजनीति संवाद समिति समेत गठन गरेको छ । समितिमा प्रेम मिभक, अशोक चेम्जोङ, पदम अधिकारी र केदार धिमाल रहनुभएको छ । यसरी नै विराटनगरमा जनप्रदर्शनको लागि जनसहभागिता गराउन विभिन्न जातीय संस्थाहरु, दल, मजदुर, किसानलगायत समन्वय गर्न कियाचुले पहल गर्ने बताइएको छ ।
आन्दोलनलाई प्रचारप्रसार गर्न, सूचना सम्प्रेषण गर्न गराउनलाई प्रचारप्रसार उपसमिति समेत गठन भएको जनाएको छ । समितिमा दिलकुमार लावती, अजित धिमाल, भक्तशेर लिम्बु, फिपराज बेघा र डिल्लीश्वर मुसाहाङलाई जिम्मेवारी दिइएको छ ।
संघर्ष समितिमा नेकपा माओवादी केन्द्र आबद्ध लिम्बुवान राष्ट्रिय मोचा, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेकपा माओवादी केन्द्र किरात राष्ट्रिय मुक्ति मोर्चा, आदिवासी जनजाती महासंघ प्रदेश समन्वय परिषद लागायत विभिन्न जातीय संगठन सहित ३१ वटा संगठनहरु रहेका छन् ।

कियाचू प्रदेश अध्यक्ष मधराज केरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा राजनैतिक दलका प्रमुखहरु, संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन कियाचू प्रदेश १ का मुख्य सचिव नरेन्द्र केरुङले गरेका थिए ।

 

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...