प्रदेश नं. १ को नाम “लिम्बुवान, किरात प्रदेश” राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

 लिम्बुवान न्युज
                       


दमक, २८ असार । संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चले प्रदेश नं. १ को नाम ‘लिम्बुवान–किरात’ राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ ।

मञ्चको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका विभिन्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको हो. ।

विज्ञप्तिमा लामो समयदेखि पहिचानको आधारमा नाम राख्न माग गर्दै आएको र आवाज पनि सम्बोधन हुँदै आएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा केही दिनदेखि नामकरणको विषयमा संसद्मा उपस्थित केही दलहरूले ‘लिम्बुवान–किरात’ पहिचानलाई बाइपास गरेर नदीको नाममा प्रदेशको नामकरण गर्न माग गरेकोमा आपत्ति जनाइएको छ ।

मञ्च आबद्ध लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आगामी साउन ५ गते प्रदेश नं. १ को राजधानी विराटनगरमा बृहत जनप्रदर्शन सहितको विभिन्न आन्दोलनको कार्यक्रमहरु गर्ने समेत जनाएको छ । “लिम्बुवान, किरात” नामाकरण नगरिए आन्दोलन निरन्तर अघि बढाउने भन्दै समितिले सोमबार मुख्यमन्त्री लगायत दलका प्रमुखहरु, संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

 

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...