प्रदेश सरकारद्वारा १९ जनालाई सम्मान, केरुङ र आङ्थुपो युवा प्रतिभाबाट सम्मानित

 लिम्बुवान न्युज
                       


विराटनगर, २८ असार । प्रदेश १, सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई मंगलबार सम्मान गरेको छ ।

पान्थरका युवा प्रतिभा मधुराज केरुङ र इलाम चुलाचुलीका युवा व्यक्तित्व चेतन आङ्थुपो नवोदित भाषा, साहित्य, कला र संस्कृति सम्मानबाट पुरस्कृत भएका छन् ।

बालकृष्ण पोख्रेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट प्रा.डा.गोविन्द तुम्बाहाङ (सुनसरी) र प्रा.डा.केआर खम्बु (झापा) लाई सम्मानित गरिएको हो । त्यस्तै प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मानबाट मनु मञ्जिल (सुनसरी), गोबद्र्धन तामाङ (उदयपुर), बिजय श्रेष्ठ (इलाम), भरत गुरागाईं (मोरङ), ममता गिरी (सुनसरी), गोपाल देवान (सुनसरी), बीर बहादुर लाप्चा (इलाम), हरि कट्टेल (सोलुखुम्ब), मानसिंह थुलुङ (इलाम), महेन्द्र राई (सुनसरी), जयन्तीरमण कण्ठ (सुनसरी) र नवराज वर्तमान (भोजपुर) लाई सम्मानित गरिएको हो ।
त्यसैगरी लीला अनमोल (झापा), यसोदा कुमारी लम्साल (सुनसरी), बिमला चिमोरिया (झापा) पनि नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कारबाट सम्मानित तथा पुरस्कृत भएका हुन् । सम्मानित व्यक्तित्वहर्रुलाई प्रदेश–१, का मूख्यमन्त्री राजेन्द्र राई लगायतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको आधारमा उनीहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको प्रदेश–१, को पर्यटन तथा संस्कृति मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...