दमक, ४ असार । रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘देउराली वनमा’ सार्वजनिक गरिएको छ ।
गीतकार, संगीतकार तथा गायक यादन सेर्मा नुनाम लिम्बूको शब्द, गायक तथा संगीतकार बि.बि. सेर्मा लिम्बूको संगीतमा संगीतकार स्वम र गायिका सृजना जवेगुको सुमधुर आवाजमा सजिएको पुर्वेली गीत ‘देउराली वनमा’ यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।
दिनेश माङमु लिम्बुको कोरियोग्राफी तथा कार्यकारी निर्देशन रहेको भिडियोमा कृति मिभक लिम्बू र बि. बि. सेर्मा लिम्बूले अभिनय गरेका छन् ।
पान्थरको यासक, माङजाबुङ, वसाँगु, माझीटार, फेदेन र लब्रेकुटी लगायतका ऐतिहासिक स्थलहरुमा छयाँकन गरिएको माया प्रेम रसले भरिएको भिडियोमा सुजन श्रेष्ठ(ब्रदर्श प्रडक्सन दमक, झापा)को छायाँकन, सम्पादन तथा ड्रोन र प्रविन सेलिङ सेन्दोको सहायक छायाँकन रहेको छ ।
पदम रजान मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ रईले गरेका छन् ।
भिडियोमा ईश्वरी श्रेष्ठ(राई)(मनसुन हेयर कटिङ शैलुन दमक,झापा)को मेकअप, र अनिल थोप्रा लिम्बुको पोष्ट प्रडक्सन रहेको छ ।
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...
दमक, ८ कार्तिक । झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...