याक्थुङ आइडल सिजन १ का विजेता र फाईनलिष्टहरुको सांगीतिक टुर दमकबाट प्ररम्भ

 लिम्बुवान न्युज
                       


दमक, ८ साउन । सिक्किममा आयोजित ‘याक्थुङ आइडल २०२१ सिजन १’का विजेता र फाईनलिष्टहरुको साथमा साँगितिक टुरको क्रममा नेपालमा पहिलो पटक झापाको दमकबाट प्रारम्भ गरेको छ ।
सिक्किमस्थित नियारा प्रोडक्सनको आयोजनामा सम्पन्न ‘याक्थुङ आइडल २०२१ सिजन १’का बिजेता सहित टप ६ फाईनलिष्टहरुको साथमा साँगीतिक कार्यक्रम भएको थियो । नियारा प्रोडक्सनका प्रबन्ध निर्देशक नियारा सुब्बाले नेपालको सांगीतिक टुर दमकबाट प्रराम्भ भएको बताइन् ।


आइतबार झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा समाजसेवी तथा किरात याक्थुङ चुम्लुङ हङकङका पुर्व अध्यक्ष त्रिभूवन लुम्फुङवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कुराकानीकै क्रममा उनले सिजन १ का विजेता र फाईनलिष्टहरुको साँगितिक टुर सकिने बित्तिकै ‘याक्थुङ आइडल सिजन २’ घोषण गर्ने बताईन ।
‘याक्थुङ आइडल याक्थुङ गीत संगीत माया गर्नेहरुको मञ्च हो’ प्रवन्ध निर्देशक सुव्वाले भनिन्, ‘बिश्व भरि छरिएर बसेका याक्थुङ भाषाको गीत संगीतलाई माया गर्ने, मनपराउने जुनसुकै जाती वा भाषिहरुले याक्थुङ आईडलमा सहभागी जनाउन सक्छ ।’ उनले भनिन्, ‘याक्थुङ आईडलमा सहभागी हुन याक्थुङ भाषाको गीत अनिवार्य गाउनु सक्नु प¥यो, चाहे याक्थुङ होस, चाहे राई, गुरुङ मगर खस आर्य अन्यनै किन नहोस याक्थुङ गीत गाउनु प¥यो ।’

नियाराले नेपाली याक्थुङ गीत माया गर्ने कलाकारहरुको लागि झापाको दमकमा ‘याक्थुङ आइडल’को अडिसन गर्ने समेत बताईन । उनले बिगत ६ बर्षदेखिनै नियारा प्रोडक्सन तयारी गरि याक्थुङहरुको कला, सँस्कृति, भाषा, भेषभूषा, गीत संगीतको संरक्षण सम्वर्दन साथै पचार पसारमा निरन्तर काम गर्दै आएको बताईन ।
आयोजक र गुरु टोली फाउण्डेसनले सिक्किमबाट आउनुहने तरेबा तरेमाहरुलाई सम्मान र मायाको चिनो समेत प्रदान गरेको छ । सांगीतिक कार्यक्रममा याक्थुङ आइडल सिजन १ बिजेता पिङकी बेघा, टप ६ फाईनलिष्टहरु आशिष लिम्बू, अन्जना लिम्बू, सन्चमान लिम्बू, सुहाङ लिम्बू, सावन लिम्बू लगायत गायीका स्वस्तिका सावदेन, लक्ष्मी लिम्बु, गायक चोत्लुङहाङ केदेम, दिलिप माखिम र राजन बेघाले साँगितिक प्रस्तुति दिएका थिए ।

कलाकार तथा समाजसेवी त्रिभुवन लुङ्फुङ्वा, याक्थुङ मुनचइत चोक सयङका केन्द्रीय महासचिव बिक्रम फागो वनेम र याक्थुङ लेखक संघ केन्द्रिय कोषाध्यक्ष साङसेन पन्धाक र सिक्किमका तरेबा भिम सुव्वा लगायतले शुभकामना मन्तव्य रखेको कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति सेसेमी से नाल्बो, भेषभूषा खोज अन्वेशक तथा वरिष्ठ कलाकार निर्देशक राजकुमार आङदेम्बे, गायक संगीतकार, गीतकार तथा समाजसेवी प्रकाश सावदेन, लिबि मञ्च झापाका कार्यवहाक अध्यक्ष दिलहाङ सङवाङफे, कलाकार तथा लेखक मिलन लावती, गुरु टोली फाउण्डेसनका अध्यक्ष बिशाल देवानलागायतको उपस्थिति रहेको थियो ।
याक्थुङ मुनचइत चोक सयङ प्रदेश १ का कोषाध्यक्ष अनिस लावतीको संयोजन तथा याक्थुङ मुनचइत चोक सयङ प्रदेश १ को आयोजनामा सम्पन्न कार्यक्रम मुन्चइतका अध्यक्ष भुपेन्द्र तुम्बाहाङफेको अध्यक्षतामा सहसचिव मिना नेम्बाङले सञ्चालन गरेकी थिईन् ।
‘याक्थुङ आइडल २०२१ सिजन १’का विजेता र फाईनलिष्टहरुको साथमा साँगितिक यात्रा यसपछि ताप्लेजुङ र तेह्रथुम सम्मको रहेको अनिस लावतीले बताए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...