आज विराटनगरमा लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको धर्ना

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर, १० साउन । प्रदेश १ को नाम पहिचानको आधारमा लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै आन्दोलनरत लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आज प्रदेश सभा संसद सचिवालय भवन अगाडि धर्ना बस्दैछ ।
प्रदेश १ को नामकरण लिम्बुवान, किरात प्रदेश राख्नु पर्ने माग राख्दै एक बर्ष अघि किरात याक्थुङ चुम्लुङको समन्वयमा बनेको विभिन्न ३५ वटा राजनीतिक दल, संघसंस्थाहरु सम्मीलित समितिले साझा मुद्दाको रुपमा लिम्बुवान, किरात हुनु पर्ने अडान राख्दै मंगलबार धर्ना कार्यक्रमको आयोजना गरेको हो ।
शुक्रबार इटहरीमा बसेको संघर्ष समितिको बैठकले साउन १० गते प्रदेश भवन अगाडि धर्ना बस्ने निर्णय गरेका थिए । लामो समयदेखि पहिचानको पक्षमा आन्दोलन गरिरहेको दल राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा माओवादी सबद्ध लिम्बुवान मोर्चा, जसपा सम्बद्ध लिम्बुवान समिति त्यसैगरी एमाले, कांग्रेस लगायत दलका जातीय मोर्चाहरुले समेत लिम्बुवान, किरात नभए आन्दोलन निरन्तर अघि बढ्ने बताएका छन् ।
यसैगरी मंगलबार हुने धर्ना कार्यक्रममा सहभागिता जनाउनको लागि लिम्बुवान, किरात चाहने पहिचान पक्षधर राजनीतिक दल सामाजिक संघसंस्था संगठनमा आवद्ध सम्पूर्ण पहिचानप्रेमीहरुलाई संयुक्त संघर्ष समितिले धर्ना कार्यक्रममा सहभागिता जनाउन अपिल समेत गरेका छन् ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...