आज विराटनगरमा लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको धर्ना

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर, १० साउन । प्रदेश १ को नाम पहिचानको आधारमा लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै आन्दोलनरत लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आज प्रदेश सभा संसद सचिवालय भवन अगाडि धर्ना बस्दैछ ।
प्रदेश १ को नामकरण लिम्बुवान, किरात प्रदेश राख्नु पर्ने माग राख्दै एक बर्ष अघि किरात याक्थुङ चुम्लुङको समन्वयमा बनेको विभिन्न ३५ वटा राजनीतिक दल, संघसंस्थाहरु सम्मीलित समितिले साझा मुद्दाको रुपमा लिम्बुवान, किरात हुनु पर्ने अडान राख्दै मंगलबार धर्ना कार्यक्रमको आयोजना गरेको हो ।
शुक्रबार इटहरीमा बसेको संघर्ष समितिको बैठकले साउन १० गते प्रदेश भवन अगाडि धर्ना बस्ने निर्णय गरेका थिए । लामो समयदेखि पहिचानको पक्षमा आन्दोलन गरिरहेको दल राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा माओवादी सबद्ध लिम्बुवान मोर्चा, जसपा सम्बद्ध लिम्बुवान समिति त्यसैगरी एमाले, कांग्रेस लगायत दलका जातीय मोर्चाहरुले समेत लिम्बुवान, किरात नभए आन्दोलन निरन्तर अघि बढ्ने बताएका छन् ।
यसैगरी मंगलबार हुने धर्ना कार्यक्रममा सहभागिता जनाउनको लागि लिम्बुवान, किरात चाहने पहिचान पक्षधर राजनीतिक दल सामाजिक संघसंस्था संगठनमा आवद्ध सम्पूर्ण पहिचानप्रेमीहरुलाई संयुक्त संघर्ष समितिले धर्ना कार्यक्रममा सहभागिता जनाउन अपिल समेत गरेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...