६ दलीय गठबन्धन निरन्तर रहने मन्त्री चौधरीको दावीः विकास निर्माणको बजेटमा निरन्तर रहने प्रतिबद्धता

 लिम्बुवान न्युज
                       


दमक, १३ साउन । शहरी बिकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणी चौधरीले पाँच दलीय गठबन्धन आगामी निर्वाचन सम्ममा ६ दलीय गठबन्धनका रुपमा बिकास हुने बताएका छन । लोकतान्त्रिक समाजवादी पार्टी समेत यो गठबन्धनमा आवद्ध भएर निर्वाचनमा जाने उनको भनाई छ ।
झापाको दमक र आसपासकमलका महत्वपूर्ण योजनाहरुको स्थलगत निरिक्षणपछि समाजवादी प्रेस संगठन झापाले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री चौधरीले यो गठबन्धन यो निर्वाचनमा मात्रै नभएर अरु १०/ १५ बर्ष सम्म पनि जान सक्ने दाबी गरे ।
संघ र प्रदेशको आगामी निर्वाचन मसिंर वा फागुनमा हुन सक्ने पनि मन्त्री चौधरीले संकेत गरे ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चलेको एकीकरण सम्बन्धिको चर्चाले दलीय गठबन्धनमा नकारात्मक असर नपार्ने उनको स्पोष्टोक्ति छ । संसदीय व्यवस्थालाई कायम राख्न पनि केपी ओली नेतृत्वको एमाले इतरमा रहेका अन्य दलहरु एक ठाउँमा उभिनु पर्नेे अवस्था आएको उल्लेख गरे ।
उनले नेकपा एमाले पनि तत्कालिन अवस्थामा अन्य ८/९ दलसंगको सहकार्यबाट मात्रै ठुलो दलका रुपमा स्थापित भएको स्मरण गर्दै मन्त्री चौधरीले एमाले अध्यक्ष ओलीले कार्यकर्ता र आफना सांसदहरुलाई समेत ढाँटेर एक्लै ठुलो पार्टी बनेको नेर भ्रम छरेको टिप्पणी गरे । उनले अब ओलीलाई सबैभन्दा धेरै ढाँटने व्यक्तिको रुपमा नयाँ उपाधि दिनु पर्ने भनि ब्यंग्य पनि गरे ।
मन्त्री चौधरीले दमकमा निर्माणाधिन दमक भ्यू टावरलाई यहाँको मनोविज्ञान र यहाँका नागरिकहरुको आवाजलाई समेत सम्बोधन गर्दै विजनेश कम्प्लेक्सको रुपमा स्थापित गर्ने प्रकृया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन गरिने बताए ।
मन्त्री चौधरीले आजै सो योजनासंगै दमकमा फाल्गुनन्द सभा गृहका रुपमा शिलान्यास भई परिवर्तन गरिएको दमक सभा गृह, दमक १० स्थित इन्द्रेणी ताल र कमल गाउँपालिका वडा नं ५ मा नामाकंन सम्बन्धि विवादका कारण लामो समयदेखि बन्न नसकेको आदिवासी रंगशाला तथा स्मृति पार्क निर्माणस्थलको समेत स्थलगत निरिक्षण गरेका थिए । उनले ति संगै यहाँ बजेट नपरेका दर्जन बढी योजनाहरुमा बजेटको बन्दोबस्ती गरेर कुनै न कुनै रुपमा ति योजनाहरुको निरन्तरताका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;