तालिवानद्वारा अल्पसंख्यक हिन्दु र शिखहरुलाई स्वदेश फर्कन आग्रह

 लिम्बुवान न्युज
                       


एजेन्सीको सहयोगमा । तालिबानले अफगानिस्तानको सुरक्षा अवस्था समाधान भइसकेको दाबी गर्दै आफ्ना देशका अल्पसंख्यक हिन्दू र शिखहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ ।
तालिबानले १५ अगष्टमा सत्ता कब्जा गरेपछि केही हिन्दू, शिखलगायतका अल्पसंख्यकले देश छाडेका थिए ।
तालिबान राज्यमन्त्रीको कार्यालयका महानिर्देशक डाक्टर मुल्ला अब्दुल वासीले जुलाई २४ मा अफगानिस्तानको हिन्दू र सिख परिषद्का सदस्यहरूसँग भेट गरेपछि अफगानिस्तानको चिफ अफ स्टाफको कार्यालयले ट्वीटमार्फत यस्तो जानकारी दिएको हो ।
वासीले काबुलमा हिन्दू र सिख नेताहरूको प्रतिनिधिमण्डलसँग भेट गरेका थिए । भेटका क्रममा सुरक्षा समस्याका कारण देखाइ देश छाडेका सबै भारतीय र सिख देशबासीहरू अब अफगानिस्तान फर्कन सक्ने स्मरण उनले गराए ।
यसैबीच, सिख नेताहरूले काबुलको गुरुद्वारामा इस्लामिक स्टेट खोरासान प्रान्त (आईएसकेपी) को आक्रमण रोकेको भन्दै तालिबानलाई धन्यवाद दिएको बुझिएको छ । तालिबानले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...