गौरादहमा १६ गते लिम्बुवान, किरात प्रदेश नामाकरणको माग गर्दै कोणसभा हुनेः १७ गतेदेखि प्रदेश राजधानी बिराटनगरमा निरन्तर धर्ना

 लिम्बुवान न्युज
                       


दमक, १३ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले झापाको गौरादहमा प्रदेश नं. १ को नाम लिम्बुवान, किरात माग गर्दै कोणसभा गर्ने भएको छ । शुक्रबार झापा जिल्ला र्सघर्ष समितिको दुधेस्थित सैनिक भवनमा बसेको बैठकले यहि १६ गते कोणसभा गर्ने निर्णय गरेको हो ।
संयुक्त संघर्ष समितिमा आबद्ध राजनैतिक दलका पहिचान पक्षधर संगठनहरुका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले साउन १६ गते आ–आफ्नो क्षेत्रबाट व्यापक रुपमा जनमास भेला गरी लिम्बुवान, किरात प्रदेशको पक्षमा कोणसभा गर्ने निर्णय भएको किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाका अध्यक्ष सेसेहाङ फियाकले बताएका छन् ।
कोणसभामा संयुक्त संघर्ष समितिमा आबद्ध विभिन्न राजनैतिक दल, सामाजिक संघ–संस्थाका प्रतिनिधि र पहिचानवादी स्वतन्त्र नागरिक समाजका व्यक्तित्वहरुले सम्बोधन गर्ने अध्यक्ष फियाकले बताए ।
बैठकले स्थानीयस्तरको नगर, गाउँ र वडास्तरसम्म लिम्बुवान, किरात संयुक्त संघर्ष समिति समेत गठन गर्दै जाने निर्णय गरेको छ ।
किरात याक्थुङ् चुम्लुङ् झापाका अध्यक्ष तथा संयुक्त संघर्ष समिति झापाका संयोजक फियाकको अध्यक्षतामा बसेको बैठकमा कियाचुका प्रदेश प्रतिनिधिहरु, जिल्ला र नगरका प्रतिनिधिहरुसँगै, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, संघीय लिम्बुवान प्रान्तीय मञ्च, याक्थुङ लेखक संघ, जसपा सम्बद्ध लिम्बुवान समितिका नेताहरुको सहभागीता रहेको थियो ।
साउन १७ गते देखि प्रदेश राजधानीस्थित प्रदेश संसद सचिवालय भवन धर्ना
लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले १७ गतेदेखि विराटनगरमा दोस्रो चरणको धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ । सो धर्नामा झापा जिल्लाबाट व्यापक रुपमा जनसहभागिता जनाउने समेत आजको बैठकले निर्णय पारित गरेको छ ।
जिल्लाका सबै स्थानीय पालिकाहरुबाट विराटनगरमा साउन १७ गते देखि हुने धर्नामा अनिवार्य सहभागिताको लागि जिल्ला संघर्ष समितिले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...