गौरादहमा १६ गते लिम्बुवान, किरात प्रदेश नामाकरणको माग गर्दै कोणसभा हुनेः १७ गतेदेखि प्रदेश राजधानी बिराटनगरमा निरन्तर धर्ना

 लिम्बुवान न्युज
                       


दमक, १३ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले झापाको गौरादहमा प्रदेश नं. १ को नाम लिम्बुवान, किरात माग गर्दै कोणसभा गर्ने भएको छ । शुक्रबार झापा जिल्ला र्सघर्ष समितिको दुधेस्थित सैनिक भवनमा बसेको बैठकले यहि १६ गते कोणसभा गर्ने निर्णय गरेको हो ।
संयुक्त संघर्ष समितिमा आबद्ध राजनैतिक दलका पहिचान पक्षधर संगठनहरुका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले साउन १६ गते आ–आफ्नो क्षेत्रबाट व्यापक रुपमा जनमास भेला गरी लिम्बुवान, किरात प्रदेशको पक्षमा कोणसभा गर्ने निर्णय भएको किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाका अध्यक्ष सेसेहाङ फियाकले बताएका छन् ।
कोणसभामा संयुक्त संघर्ष समितिमा आबद्ध विभिन्न राजनैतिक दल, सामाजिक संघ–संस्थाका प्रतिनिधि र पहिचानवादी स्वतन्त्र नागरिक समाजका व्यक्तित्वहरुले सम्बोधन गर्ने अध्यक्ष फियाकले बताए ।
बैठकले स्थानीयस्तरको नगर, गाउँ र वडास्तरसम्म लिम्बुवान, किरात संयुक्त संघर्ष समिति समेत गठन गर्दै जाने निर्णय गरेको छ ।
किरात याक्थुङ् चुम्लुङ् झापाका अध्यक्ष तथा संयुक्त संघर्ष समिति झापाका संयोजक फियाकको अध्यक्षतामा बसेको बैठकमा कियाचुका प्रदेश प्रतिनिधिहरु, जिल्ला र नगरका प्रतिनिधिहरुसँगै, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, संघीय लिम्बुवान प्रान्तीय मञ्च, याक्थुङ लेखक संघ, जसपा सम्बद्ध लिम्बुवान समितिका नेताहरुको सहभागीता रहेको थियो ।
साउन १७ गते देखि प्रदेश राजधानीस्थित प्रदेश संसद सचिवालय भवन धर्ना
लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले १७ गतेदेखि विराटनगरमा दोस्रो चरणको धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ । सो धर्नामा झापा जिल्लाबाट व्यापक रुपमा जनसहभागिता जनाउने समेत आजको बैठकले निर्णय पारित गरेको छ ।
जिल्लाका सबै स्थानीय पालिकाहरुबाट विराटनगरमा साउन १७ गते देखि हुने धर्नामा अनिवार्य सहभागिताको लागि जिल्ला संघर्ष समितिले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...