झापामा लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया

 लिम्बुवान न्युज
                       


विर्तामोड, १५ साउन । झापाको विर्तामोडमा प्रदेश नं. १ को नामाकरण सन्दर्भमा अन्तरक्रिया कार्यक्रम भएको छ । प्रदेशको नामाकरण पेचिलो बन्दै गएको समयमा शनिबार झापामा प्रदेश नं. १ को नामाङकन लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया कार्यक्रम भएको हो ।
लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापा जिल्लाको संयोजनमा विर्तामोडस्थित होटल विनायकमा सम्पन्न भएको हो । कार्यक्रममा संघर्ष समितिमा आबद्ध राजनैतिक दल, संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आफ्नो भनाई राख्नुहुँदै पहिचानवादी नेता तथा राष्ट्रिय जनजाती पार्टीका वरिष्ठ नेता, किरात याक्थुङ् चुम्लुङ् झापाका सल्लाकार कृष्ण थेबे र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान प्रान्तीय महासचिव तथा संघर्ष समितिका कार्यदल सदस्य दिलकुमार लावती, नागरिक समाज विक्रम वनेम, किरात याक्थुङ चुम्लुङ प्रदेश सचिव इक्साहाङ् चेम्जोङ्, जसपाका नेता तथा पूर्व कियाचु झापा अध्यक्ष भक्त खेवाङ, लिम्बुवानमा प्रान्तीय उपाध्यक्ष विष्णुमाया भट्टराई, याक्थुङ लेखक मञ्चका संगम सुहाङ र साङसेन पन्धाक लगायतले प्रदेश न.ं १ को नाम लिम्बुवान किरात प्रदेश घोषणा हुनुको विकल्प नरहेको बताउनुहुँदै ३५ घटक रहेको संघर्ष समितिले लिम्बुवान र किरात भूमिको ऐतिहासिक पृष्ठभूमिको वारेमा ऐतिहासिक कुराहरु प्रष्ट पार्दै यहाँ रहेका अन्य सबै जातीय संघ संस्था, किरात राई यायोक्खालाई समेत समेटर लिम्बुवान र खम्बुवानवासीहहरू एक भएर प्रदेशको नामाकरणको सम्बन्धमा आवाज उठाउनु पर्नेमा जोड दिएका छन् ।

उनीहरुले संघर्ष समितिले साउन १७ गते देखि गर्ने धर्ना कार्यक्रममा सबै सहभागिताको लागि समेत आव्हान गर्दै अबको आन्दोलन शसक्त र अलि आक्रोशित हुने भन्दै नामाकरण सम्बन्धी निर्णायक आन्दोलनमा स्वतस्फूर्त सहभागी बन्न अनुरोध गरेका छन् । वक्ताहरुले गत साउन ५ र १० गतेको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अब अन्य कार्यक्रमहरुमा थप एकजुट भई अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

साथै प्रचारप्रसारमा कमी हुन नदिन संचारकर्मीहरुलाई समाचार संकलनको लागि समेत अनुरोध गर्नु पर्ने र संचारमाध्यमबाट पनि आन्दोलनलाई अघि बढाउन प्रेरित हुने वक्ताहरुले बताए ।

संयुक्त संघर्ष समिति झापाका संयोजक सेसेहाङ् फियाक लिम्बुको अध्यक्षतामा कार्यक्रमको आयोजना भएको छ । कार्यक्रमलाई संघर्ष समितिका सचिव ओमप्रकाश खापुङले संचालन गरेका थिए ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रान्तिय सचिव सन्तोष तुम्वापो, संघीय सदस्य दिपक योङ्हाङ्, झापा जिल्ला उपाध्यक्ष अमित खम्बु, विशसताक्षी नगर अध्यक्ष विचारी लावती, कियाचु विर्तामोड नगर अध्यक्ष हिमालयप्रकाश कनदङ्वा, कियाचु अर्जुनधारा नगर अध्यक्ष तिलसिं माङ्मु, कियाचु जिल्ला पदाधिकारी, सदस्यहरु, वडा पदाधिकारी, सदस्यहरु, संयुक्त संघर्ष समितिमा आबद्ध दलीय प्रतिनिधिहरुले लिम्बुवान, किरात प्रदेश नामाङ्कनको आन्दोलनलाई सफल बनाउनुपर्ने कुरामा जोड दिए ।

 

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;