पोक्लाबाङ यकको कार्यालय संचालनमा

 लिम्बुवान न्युज
                       


तेह्रथुम, १५ साउन । पोक्लाबाङ यक माङगेना लुङधुङ थामरुङ फेदापले आफ्नो कार्यालय संचालनमा ल्याएको छ । बिगत एक बर्ष अघि दर्ता भएको संस्थाले फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा शनिबार देखि कार्यालय संचालनमा ल्याईएको हो ।

लिम्बु जातिको माङगेना यकसंग जोडिएका विभिन्न ऐतिहासिक, पुरातात्विक स्थल गढहरु तथा साँस्कृतिक, भाषिक, साहित्यिक संरक्षण प्रबर्द्धन साथै पर्यटन बिकास एवंम् सामाजिक क्षेत्रहरुमा कार्य गर्ने उदेश्यले कार्यालय संचालनमा ल्याएको छ ।

यस संस्थाले दर्ता पछि विभिन्न सामाजिक कार्यहरु गरिरहेको छ । पुरानो फेदापमा रहेका १८ थरी लिम्बुहरुको प्रतिनिधि मुलक संस्थाको रूपमा स्थापना भएको यश संस्थाको कार्यक्षेत्र हाल तेह्रथुम जिल्ला भरी रहेको छ ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...