गौरादहमा लिम्बुवान, किरात प्रदेश माग गर्दै कोणसभा

 लिम्बुवान न्युज
                       


दमक, साउन १६ । झापाको गौरादहमा प्रदेश न.ं १ को नामाकरण लिम्बुवान, किरात प्रदेशको माग गर्दै बजार परिक्रमा सहित कोणसभा सम्पन्न भएको छ ।

लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापाको आयेजनामा आइतबार गौरादहमा ¥याली सहित प्रदेशको नाम पहिचानको आधारमा लिम्बुवान, किरात घोषणा गराउन दवावमूलक कोणसभाको आयोजना गरिएको हो ।

सम्पन्न कोण सभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय महासचिव तथा संघर्ष समिति कार्यदल सदस्य अशोक चेम्जोङ्ले प्रदेश न.ं १ को नामाकरणको सन्दर्भ उठेको लिम्बुवान आन्दोलनले स्थापित गरेको राजनैतिक मुद्धालाई जातियतासँग जोडेर कोशीमा बगाउन खोज्ने राज्यसत्ताका पहरेदारहरुसँग प्रदेश न.ं १ को नाम लिम्बुवान, किरात घोषणा नगरे कुनैपनि सम्झौता हुन नसक्ने चेतावनी दिएका छन् । उनले भने, ‘राष्ट्रिय राजनीतिकमा आफूलाई मूलधारको रुपमा स्थापित गरेर राज्य सञ्चालन गर्ने गरेको दावी गर्ने सत्ताधारीहरुले लिम्बुवान, किरात प्रदेश घोषणाको मागलाई बेवास्ता गरे भने दीर्घकालसम्म आन्दोलन नरोकिने बरु लिम्बुवान, किरात आन्दोलन स्वतन्त्रताको क्रान्तिमा होमिन सक्ने छ ।’

अर्का वक्ता जसपा प्रदेश नं. १का सदस्य तथा कियाचु झापाका सल्लाहकार धिरेन लावतीले प्रदेश न.ं १ को नाम लिम्बुवान, किरात प्रदेश घोषणा हुनपर्छ भन्ने माग बिना आधार अघि सारिएको नभई ऐतिहासिक भूगोल र सभ्यताको कुरालाई जोडेर अघि सारिएको बताए । यो लिम्बुवान र किरात भूगोल नै वास्तवमा प्रदेश न.ं १ को ऐतिहासिक, प्राचीन र साझा पहिचान र अस्तित्वको मूल आधार भएकाले प्रदेश न.ं १ को पहिचानयुक्त साझा नाम र सर्वस्वीकार्य नाम हुन सक्ने लावतीले बताए ।

यसरी नै कोण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सचिवालय सदस्य गजेन्द्र मिभकले आन्दोलनले स्थापित भएको पहिचान र अस्तित्वको मागलाई राज्यका सत्ताधारीहरुले स–सम्मान मान्यता दिएर सम्बोधन नगरे फेरिपनि जनक्रान्तिले स्थापित गरि छाड्ने कुरामा जोड दिए ।

कोणसभालाई सम्बोधन गर्दै किरात याक्थुङ् चुम्लुङ् लिम्बुवान प्रदेश सचिव तथा संघर्ष समिमतका कार्यदल सदस्य इक्साहाङ् चेम्जोङ्ले प्रदेश न.ं १ को राजधानी विराटनगर केन्द्रित धर्ना कार्यक्रम साउन १७ गतेदेखि निरन्तर प्रदेश सदन चलिञ्जेल परिचालन गरिने भएकोले सम्पूर्ण पहिचान र अस्तित्ववादी पक्षधरहरु एकजुट भई आन्दोलनमा सहभागी भइदिन आग्रह गर्नुहुँदै प्रदेश न.ं १ को नामाकरण लिम्बुवान, किरात प्रदेश घोषणा हुनुको विकल्प नरहेको कुरा बताए ।

यसैगरी कार्यक्रममा लिम्बुवानका प्रान्तीय महासचिव तथा कार्यदल सदस्य दिलकुमार लावती, विभिन्न घटक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायत झापाका विभिन्न क्षेत्रबाट कार्यक्रममा सहभागिभएका थिए ।

किरात याक्थुङ् चुम्लुङ् झापा अध्यक्ष तथा लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापाका संयोजक सेसेहाङ् फियाक लिम्बुको सभापतित्वमा आयोजित कोणसभालाई संघर्ष समिति सदस्य सचिव ओमप्रकाश खापुङ्ले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...