लिम्बुवान, किरात नामाकरण बारे प्रदेशका मन्त्रि र प्रदेश सदस्यसंग अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

विराटनगर, १९ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको आयोजनामा लिम्बुवान, किरात नामाङकन विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार विराटनगरमा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले प्रदेश नं. १ को नाम यहाँको ईतिहाँस र सभ्यताको आधारमा लिम्वुवान किरात हुनुपर्ने धारणा राखेका थिए । साथै पहिचानको आन्दोलन कमजोर भएको कारण नामको विषयमा साझा बनाएर यायोक्खा र चुम्लुङ एक ठाउमा उभिनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा पहिचानवादी नेता पदम अधिकारीले प्रस्तुत् गरेका कार्यपत्र माथि टिप्पणी गर्दै वक्ताहरुले लिम्वुवान किरात नामाकरणका आधारहरु प्रस्तुत् गरेका थिए ।

कार्यपत्र माथि संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देन, नेपाली काँग्रेसका प्रदेश सदस्य मित्रसेन योञ्जन, माओवादी केन्द्र सम्वद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका प्रेम मिभक, जसपा सम्वद्ध लिम्वुवान राष्ट्रिय मोर्चाका महासचिव केदार धिमाल, अखिल नेपाल लिम्बु राष्ट्रिय मुक्ति मोर्चाका सहअध्यक्ष पारस लिम्बु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका प्रदेश ईन्चार्ज भक्तशेर लिम्बु लगायत नागरिक समाजका अगुवाले आ-आफ्नो धारणा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा उठेका सवालका विषयमा प्रदेशमा अर्थ मन्त्री ईन्द्र आङ्बाे , स्वास्थ्य मन्त्री जयराम यादव , सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे, प्रदेशसभा सदस्य सिता थेवे र सुयर्मा राईले टिप्पणी सहित आफ्नो धारणा राखेका थिए ।

प्रदेशको नामाकरणको संभावना टर्दै गएको र पहिचान बिनाको नाम आफूहरुले ल्याउन नचाहेको सहभागि सांसदहरुले एकै स्वरमा बताएका थिए । प्रदेशको नामाकरणका लागि बरु ताजा जनादेश लिएर बनाउने जिम्मा दिन उपयुक्त हुने अर्थमन्त्री ईन्द्र आङ्वोले बताए ।

कार्यक्रम समापन गर्दै बाेल्ने क्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले एक्लाएक्लै लड्दा पहिचानको मुद्धा कमजोर हुने भएको हुँदा किरात राई यायोक्खा र चुम्लुङ बिच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यसको लागि सहज वातावरण बनाउन आफूहरु तयार रहेको उने बताएका छन् । साथै अब चुम्लुङले आन्दोलनको स्वरुप फेर्ने बताएका छन् । आगामी निर्वाचनमा चुम्लुङले पहिचानवादी नेतालाई छानेर मत दिने भूमिकासम्म निर्वाह गर्ने पनि बताएका छन् ।

कार्यक्रम चुम्लुङकी महासचिव निरन्ती तुम्वापोले संचालन गरेकी थिईन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;