दमकमा २८औं आदिवासी दिवस भव्य सम्पन्नः सभागृहको नाम शिलान्यासको राख्न पहल थाल्ने प्रतिबद्धता

 लिम्बुवान न्युज
                       


दमक, २४ साउन । २८औं विश्व आदिवासी दिवस दमकमा भव्य रुपले मनाइएको छ । दमक नगरपालिकाको प्राङ्गणदेखि विभिन्न जातीहरुको जातीय झाँकीको ¥याली सहित नगर परिक्रममा गर्दै दमक ८स्थित कस्मिक पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।

पूर्व प्रधानमन्त्री केपी अाेलीले बि.सं. २०७३ जेष्ठ २८ गते शिल्यानास गर्नु भएकाे फाल्गुनन्द सभागृहकाे शिला ढुंगा

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राम थापाले दमकमा निर्माणको अन्तिम चरणमा पुगेको दमक सभागृहको नाम शिलान्यास समयकै फाल्गुनन्द सभागृह नामांकरणको लागी आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
आदिवासी जनजाती महासंघ दमक नगर समन्वय समितिले आज आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि थापाले आफु आदिवासी जनजातीको पहिचान र आस्तित्वलाई स्थापित गर्न लागि पर्ने बताउँनु हुँदै सभागृहको शिलान्यासको समयमा रहेको नाम फाल्गुनन्द सभागृहनै कायम गर्ने गरी नगर कार्यपालिका बैठकमा प्रस्ताव लैजाने तयारी रहेको बताए ।

यसरी नै कार्यक्रमका वक्ताहरुले दमकमा निर्माण गर्ने भनिएको आदिवासी संग्रहालय, कमलको आदिवासी रंगशाला र दमकमा निर्माण सम्पन्न हुन लागेको दमक सभागृहको नाउँमा आदिवासीको पहिचान मेटाउने काम गरेको बताएका छन् । दमक नगरमा रहेका सबै जातीय संघसंस्थाहरुका अगुवा तथा उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा गुनासो गरेपछि नगर प्रमुख थापाले आफुहरु सबैको अभिभावक बन्ने बताउँदै दमक सभागृहको नाउँ फाल्गुनन्द सभागृहनै कायम गराउने प्रतिबद्धता जनाउनु भएको नगर उपप्रमुख रेगीना भट्टराई, आदिवासीनेताहरु नित्यानन्द ताजपुरीया, मोहन धिमाल, धिरेन लावती लगायतको उपस्थिति रहेको थियो ।


आदिवासी जनजाती महासंघ दमक नगर समिति अध्यक्ष गुमानसिंह तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न जातजातीहरुको सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।
यस्तै काठमाण्डौंमा भएको बृहत कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातीको शीप र सँस्कृति यूवा पुस्तामा हस्तान्तरण गर्नु पर्ने बताउनु भयो । उहाँले आइएलओ १६९ को अवधारणालाइ सम्मान गर्दै आदिवासी जनजातीको विकासमा आफू सँधै लागि पर्ने समेत बताउनु भएको छ ।
२८ औं विश्व अदिवासी दिवसको अवसरमा आज नेपालका विभिन्न जिल्लाहरूमा भव्यरूपमा कार्यक्रमहरू भएको छन् । संघीयता आएसँगै केही स्थानीय तहरले सार्वजनिक विदा दिएर कार्यक्रम समेत गरेका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...