पाँचथरका पत्रकार सेर्मा ‘फोनिज पत्रकारिता पुरस्कार २०७९’ बाट पुरस्कृत हुँदै

 लिम्बुवान न्युज
                       


पाँचथर, २५ साउन । पाँचथरका पत्रकार कविन्द्र सेर्मालाई नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले स्थापना गरेको ‘फोनिज पत्रकारिता पुरस्कार २०७९’बाट पुरस्कृत हुनेभएका छन् ।
फोजिन पाँचथरको गत मंगलबार बसेको बैठकले जिल्लाकै अग्रज पत्रकार सेर्मालाई ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
हरेक वर्ष आदिवासी जनजाति पत्रकारहरुलाई वितरण गर्नेगरी यसै वर्षबाट ५ लाख रुपैयाँको अक्षय कोषसमेत स्थापना भएको फोनिज जिल्ला शाखा अध्यक्ष रामचन्द्र बम्जनले जानकारी दिए ।
सेर्मालाई प्रदान गर्न लागिएको यो पुरस्कार सम्भवत फोनिजले प्रदान गर्ने देशभरकै सबैभन्दा ठूलो राशि भएको अध्यक्ष बम्जनले दाबी गरेका छन् ।
फोनिजको २३औँ स्थापना दिवसका अवसरमा साउन २७ गते फिदिममा एक कार्यक्रमकाबीच आयोजना गरि कार्यक्रममा उक्त पुरस्कार वितरण गरिनेछ ।
फोनिजका संस्थापक अध्यक्षसमेत रहेका सेर्मा पाँचथर मिडिया प्रा.लि.का अध्यक्ष र न्यूज २४ पाँचथरका संवाददाता पनि हुन् । शेर्माले पाँचथर जिल्लाको संचार क्षेत्रमा अतुलनीय योगदान गरेका छन् । उनी करिब २ दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
त्यस्तैगरी फोनिज नवोदित प्रोत्साहन पत्रकारिता पुरस्कार स्थानीय संचारकर्मी सुनिता खजुमलाई प्रदान गरिने अध्यक्ष बम्जनले बताए ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;