प्रदेश नं. १ को नामाकरण लिम्बुवान नभए शसक्त आन्दोलन चर्काउनेः कुमार लिङदेन ‘मिराक’

 लिम्बुवान न्युज
                       


काठमाडौं, २७ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले नेपालका लागि संघीयता अपरिहार्य भएको बताएका छन् ।
प्राईम टिभीको “जनता जान्न चाहान्छन्” ऋषि धमलाको कार्यक्रममा उनले संघीयता हटाए देशमा अकल्पनिय हुने र ठूलो समस्यामा पर्ने बताए । तर, अहिलेको यो संघीय मोडलले भने मुलुकमा संघीयता कार्यान्वयन नभएको स्पष्ट पर्दै यहाँका भूमिपुत्र आदिवासी जनजाति लगायतका जातजातिको मर्म विपरित बनाईएको प्रदेशले देशमा स्थायी शान्ति नहुने प्रष्ट पारेका छन् ।
शुक्रबार साँझको कुराकानीमा उनले हिजोको दिनमा आफूहरु नै संघीयताको पक्षमा लडेको आफ्ना कार्यकर्ताहरु शहिद भएको तर देश संघीयतामा जाँदै गर्दा सबै पहिचान पक्षधरहरुलाई ‘राउण्ड टेबल’मा नराखिएको गुनासो गरे ।
उनले भने ‘यदी माग्न आए आफूले विश्वकै सबैभन्दा सुन्दर संघीयताको मोडेल दिने छौं ।’ यसै प्रसङ्गमा ‘यदि कुमार लिङ्देनहरुलाई राखेर संघीयता कस्तो हुन्छ भन्ने यो देशले खोज्ने हो भने विश्वकै सबैभन्दा सुन्दर मोडेलको संघीयता दिन्छौं’, अध्यक्ष लिङ्देनले भने ।
“नेपालको इतिहासमा लिम्बूवान, खम्बूवान, तामसालिङ, मगरात, तमुवान जस्ता राज्यको अस्थित्व थियो । त्यही अस्थित्वलाई सम्बोधन गर्नुपर्छ भनेर ०६२÷०६३को जनआन्दोलनसँगै संघीयताको आन्दोलन घनिभूत रुपमा उठेको हो । तर बीचमा एकात्मकवादी ठूला पार्टीहरुले ‘डिसमिस’ गरेर प्रदेशहरुलाई असक्षम बनाएका छन,” उनले थपे ।
अर्को प्रसङ्ग जेड्दै उनले भने “मुलुकका ७ हजारभन्दा बढी वडाहरुलाई सिधै सिंहदरबारले चलाएको छ” यसमा मञ्च सहमत छैन भन्दै अध्यक्ष लिङ्देनले ‘सात हजार वटा वडा कार्यालयलाई सिधै केन्द्रले बजेट दिएको छ अनि प्रदेशलाई बिजनेश दिएका छैनन् । अनि भन्दैछन् प्रदेश सफल भयो । संघीयता असफल भयो,’ उनले भने । यस्तो ग्राण्ड डिजाइनका साथ संघीयतालाई असफल पारिरहेको उनको आरोप छ ।
मञ्चले नेपालमा १०+१ प्रान्तको अवधारणा ल्याएको बताउँदै ७७ जिल्लाका सिडिओ, एलडिओ र डिएसपीजस्ता कर्मचारीलाई पालेर देशको ढुकुटी खर्च गर्नुभन्दा ११ प्रान्तमा खुम्च्याएर राज्य शासन संचालन गर्नुपर्ने अध्यक्ष लिङदेनको मत रहेको छ ।
७७ वटा जिल्लाबाट देश लुटिरहेको उनको आरोप छ । ‘अहिले प्रदेश खारेज गरौँ भन्नेहरु जिल्ला हटाऔँ सिडिओ हटाऔँ भन्दैनन् । किनकी त्यहाँ त उहाँहरुको मान्छे,’ उनले भने, ‘त्यहाँ देश लुट्ने उहाँहरुको मान्छे छन्।’
उनले प्रदेश १ को नाम लिम्बूवान–किरात हुनुपर्ने जिकीर गर्दै यदि अन्यथा भए आन्दोलन थप शसक्त चर्काउने समेत चेतावनी दिएका छन् । यसै प्रसङ्गमा थप गर्दै उनले अब मुलुकको नेतृत्व आदिवासी जनजाति समुदायलाई दिने पर्ने बताए । देशमा मौलाउँदै गईरहेको भ्रष्टाचार मास्न र देशलाई कायापलट पार्न नेपालमा आदिवासी जनजाति नेतृत्वको आवश्यक रहेको उनले बताए ।
अध्यक्ष लिङदेनले आफूलाई प्रधानमन्त्री बनाए विगत र वर्तमानका प्रधानमन्त्रीहरु भन्दा दश गुणा राम्ररी देश हाँक्ने उनको दाबी छ ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;