प्रदेश नं. १ को नामाकरण लिम्बुवान नभए शसक्त आन्दोलन चर्काउनेः कुमार लिङदेन ‘मिराक’

 लिम्बुवान न्युज
                       


काठमाडौं, २७ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले नेपालका लागि संघीयता अपरिहार्य भएको बताएका छन् ।
प्राईम टिभीको “जनता जान्न चाहान्छन्” ऋषि धमलाको कार्यक्रममा उनले संघीयता हटाए देशमा अकल्पनिय हुने र ठूलो समस्यामा पर्ने बताए । तर, अहिलेको यो संघीय मोडलले भने मुलुकमा संघीयता कार्यान्वयन नभएको स्पष्ट पर्दै यहाँका भूमिपुत्र आदिवासी जनजाति लगायतका जातजातिको मर्म विपरित बनाईएको प्रदेशले देशमा स्थायी शान्ति नहुने प्रष्ट पारेका छन् ।
शुक्रबार साँझको कुराकानीमा उनले हिजोको दिनमा आफूहरु नै संघीयताको पक्षमा लडेको आफ्ना कार्यकर्ताहरु शहिद भएको तर देश संघीयतामा जाँदै गर्दा सबै पहिचान पक्षधरहरुलाई ‘राउण्ड टेबल’मा नराखिएको गुनासो गरे ।
उनले भने ‘यदी माग्न आए आफूले विश्वकै सबैभन्दा सुन्दर संघीयताको मोडेल दिने छौं ।’ यसै प्रसङ्गमा ‘यदि कुमार लिङ्देनहरुलाई राखेर संघीयता कस्तो हुन्छ भन्ने यो देशले खोज्ने हो भने विश्वकै सबैभन्दा सुन्दर मोडेलको संघीयता दिन्छौं’, अध्यक्ष लिङ्देनले भने ।
“नेपालको इतिहासमा लिम्बूवान, खम्बूवान, तामसालिङ, मगरात, तमुवान जस्ता राज्यको अस्थित्व थियो । त्यही अस्थित्वलाई सम्बोधन गर्नुपर्छ भनेर ०६२÷०६३को जनआन्दोलनसँगै संघीयताको आन्दोलन घनिभूत रुपमा उठेको हो । तर बीचमा एकात्मकवादी ठूला पार्टीहरुले ‘डिसमिस’ गरेर प्रदेशहरुलाई असक्षम बनाएका छन,” उनले थपे ।
अर्को प्रसङ्ग जेड्दै उनले भने “मुलुकका ७ हजारभन्दा बढी वडाहरुलाई सिधै सिंहदरबारले चलाएको छ” यसमा मञ्च सहमत छैन भन्दै अध्यक्ष लिङ्देनले ‘सात हजार वटा वडा कार्यालयलाई सिधै केन्द्रले बजेट दिएको छ अनि प्रदेशलाई बिजनेश दिएका छैनन् । अनि भन्दैछन् प्रदेश सफल भयो । संघीयता असफल भयो,’ उनले भने । यस्तो ग्राण्ड डिजाइनका साथ संघीयतालाई असफल पारिरहेको उनको आरोप छ ।
मञ्चले नेपालमा १०+१ प्रान्तको अवधारणा ल्याएको बताउँदै ७७ जिल्लाका सिडिओ, एलडिओ र डिएसपीजस्ता कर्मचारीलाई पालेर देशको ढुकुटी खर्च गर्नुभन्दा ११ प्रान्तमा खुम्च्याएर राज्य शासन संचालन गर्नुपर्ने अध्यक्ष लिङदेनको मत रहेको छ ।
७७ वटा जिल्लाबाट देश लुटिरहेको उनको आरोप छ । ‘अहिले प्रदेश खारेज गरौँ भन्नेहरु जिल्ला हटाऔँ सिडिओ हटाऔँ भन्दैनन् । किनकी त्यहाँ त उहाँहरुको मान्छे,’ उनले भने, ‘त्यहाँ देश लुट्ने उहाँहरुको मान्छे छन्।’
उनले प्रदेश १ को नाम लिम्बूवान–किरात हुनुपर्ने जिकीर गर्दै यदि अन्यथा भए आन्दोलन थप शसक्त चर्काउने समेत चेतावनी दिएका छन् । यसै प्रसङ्गमा थप गर्दै उनले अब मुलुकको नेतृत्व आदिवासी जनजाति समुदायलाई दिने पर्ने बताए । देशमा मौलाउँदै गईरहेको भ्रष्टाचार मास्न र देशलाई कायापलट पार्न नेपालमा आदिवासी जनजाति नेतृत्वको आवश्यक रहेको उनले बताए ।
अध्यक्ष लिङदेनले आफूलाई प्रधानमन्त्री बनाए विगत र वर्तमानका प्रधानमन्त्रीहरु भन्दा दश गुणा राम्ररी देश हाँक्ने उनको दाबी छ ।

 

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...