‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ द्वारा चार पत्रकार पुरस्कृत

 लिम्बुवान न्युज
                       

काठमाडौं, २७ साउन ।  नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट चार जना पत्रकार पुरस्कृत भएका छन् ।

फोनिजको २३औँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यस वर्षको फोनिज पुरस्कार छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौंका अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरका अप्सरा समाललाई प्रदान गरिएको हो ।

कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरे । पुरस्कार प्रदान गर्दै पर्यटनमन्त्री श्रेष्ठले संविधानले व्यवस्था गरेको विभेद अन्त्यलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहको बताए ।

त्यस्तै उनले नेपालमा पर्यटन क्षेत्रलाई चलाएमान बनाएर मुलुकको आर्थिक विकासका लागि पर्यटन दशक घोषणा गरेको र सवै मिलेर यसलाई सफल पार्नुपर्ने धारणा राखे ।

त्यस्तै फोनिजले यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरिएको छ । कार्यक्रममा फोनिजले तीन जना पूर्वअध्यक्षहरुलाई पनि अभिनन्दन गरेको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...